प्रचण्डको फोनले कर्णालीको मन्त्रिपरिषद पुनर्गठन स्थगित, ओलीलाई राहत !
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २०:४०:४०
१६ कात्तिक, सुर्खेत । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेपछि कर्णाली प्रदेश सरकार हेरफेर गर्ने काम तत्कालका लागि स्थगित भएको छ ।
आफूलाई हटाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको योजना असफल पार्न मात्रै नभई अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने मन्त्रीलाई नै हटाउन लागेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्ततः प्रचण्डको फोनपछि पछि हटेका छन् ।
आफूलाई हटाउने योजना तुहाउन सफल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने शाहीको योजना थियो । जसअनुसार ओली पक्षका नेताहरु सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दबहादुर बुढा हटाइन लागेका थिए ।
उनीहरुले फेसबुकमा बिदा समेत मागिसकेको चर्चा थियो । तर अहिल्यकै अवस्थामा ओली पक्षका सबैलाई हटाएर मन्त्रिमण्डल फेरबदल गर्दा सन्देश नराम्रो जाने भएपछि प्रचण्डले नै फोन गरेर मन्त्रिपरिषद पुनर्गठन तत्कालका लागि स्थगित गर्न भनेका हुन् ।
ओली पक्षका मन्त्री हटाउन लागिएपछि कतिपयले नेकपाको एकता अब टुट्ने चेतावनी दिएका थिए । आफुखुशी मन्त्री हटाउँदा पार्टी एकिकरणबाट अलग हुने धम्की ओली पक्षका नेताहरुले दिएका थिए ।
मन्त्रिपरिषद पुनर्गठन गर्दा विवाद घट्नुको साटो झन बढ्ने भएपछि मुख्यमन्त्री शाही तत्कालका लागि मन्त्रिपरिषद हेरफेरको निर्णयबाट पछाडी हटेका हुन् ।
असोज २५ गते मुख्यमन्त्रीका प्रत्यासी यामलाल कँडेलले १८ जना सांसदको हस्ताक्षरसहित कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि कर्णाालीदेखि बालुवाटारसम्मको नेकपा विवाद उत्कर्षमा छ ।
तर पेलेरै आफ्ना मन्त्रीलाई हटाउन खोजिएको प्रयास रोकिएपछि प्रधानमन्त्री ओलीलाई केही राहत भएको छ । पछिल्लो समय कर्णालीको विवाद झन् बढ्नुका साथै प्रचण्डसँगको वार्ता पनि अगाडी नबढेपछि ओलीलाई तनाव बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार