नेपाली कांग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २३:५९:३९
१६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ ।
कांग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा संघका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ ।
सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन ।
कांग्रेसले दशैँका बेलामा यात्रुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार