लमजुङमा कालिका सहकारीको डेढ लाख लुटियो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ सोमबार ४:२१:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/lutera_yrlmrgB7Yt.jpeg)
१६ कार्तिक, लमजुङ । बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा आज लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ ।
चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मस्र्याङ्दी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ॐप्रकाश पुनले बताए ।
कालो कपडा र कालो मास्क लगाएर आएका एक पुरुष झोलामा रहेको पैसा, मोबाइल, सहकारीको कलेक्सन लिष्ट सबै लुटपाट गरेर फरार रहेको र प्रहरीले खोजी तीव्र बनाएको उनको भनाइ छ ।
सहकारीका प्रमुख कार्यकारिणी अधिकृत देवराज खनियाँले सोमबार प्रत्येक पसल तथा घरघरमा गएर पासबुकका आधारमा लुटिएको यकिन रकम खुले पनि अन्दाजी रु डेढ लाख लुटिएको हुन सक्ने जानकारी दिए । लुटेराले कर्मचारी अछामीलाई लछारपछार गर्दा देब्रे खुट्टा मर्किएको सहकारीले जनाएको छ ।
अछामीको कार्यक्षेत्रमा एक सय जना जति सहकारीका सदस्य रहेको जनाइएको छ । सहकारी सदस्यबाट उठाएका रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार