न्यूनतम मापदण्ड पूरा नगर्दा कृषि विश्वविद्यालयले पाएन भर्ना अनुमति
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ सोमबार ४:२८:५१
१६ कार्तिक, चितवन । अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि नेपाल पशु चिकित्सा परिषद्ले भर्ना अनुमति नदिएको हो ।
अध्ययन, अनुसन्धान र प्रसार गर्ने विश्वविद्यालयले छ वटा आंगिक र आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएर अनुगमन गरिरहेको छ तर आफ्नै केन्द्रीय क्याम्पस रामपुरमा मापदण्ड पूरा गर्न नसकेपछि यस वर्षको भर्ना अन्योलमा परेको छ ।
सामान्यतया सो विश्वविद्यालयले दशैं र तिहारको बीमा स्नातक तहमा भर्ना खोल्ने भए पनि परिषद्बाट अनुमति नपाउँदा भर्ना खोल्न सकेको छैन । परिषद्का रजिष्ट्रार डा.नारायण घिमिरेले तोकिएका मापदण्ड पूरा गर्न नसक्दा अनुमति नदिइएको बताए ।
पशु चिकित्सक उत्पादन गर्ने जस्तो संवेदनशील विषयमा प्रयोगशाला, पशु अस्पताल, पशुको संख्या, प्रयोगशालामा हुने उपकरण जस्ता सामान्य विषय वस्तु पनि विश्वविद्यालयले पूरा गर्न नसकेको घिमिरेले बताए । उनले भने “चिकित्सक उत्पादन गर्ने काममा प्रतिबद्धताले हुँदैन, काम हुनुप¥यो ।”
विसं। २०७५ मा पहिलो वर्षको न्यूनतम मापदण्ड पूरा भएर विद्यार्थी भर्ना गर्न अनुमति दिएको भए पनि दोस्रो र तेस्रो वर्ष पूरा गर्नुपर्ने मापदण्ड पूरा विश्वविद्यालयले अझै पूरा गर्न सकेको छैन । त्यहाँ उत्पादित जनशक्ति दक्ष नभएको प्रश्न समेत उठ्ने गरेको घिमिरेले बताए ।
विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा।डा।पुण्यप्रसाद रेग्मी मापदण्ड पूरा गर्ने प्रतिबद्धताका साथ भर्नाको अनुमति माग्ने कार्य भएको बताउछन । उनले भने “तत्काल हुने काम गरिहाल्छौँ, अरु मापदण्ड क्रमशः पूरा गर्दै जानेछौं ।”
सो विश्वविद्यालयको पशु चिकित्सा संकायमा ५० जना विद्यार्थी पढ्ने गरेका थिए । न्यून शुल्कमा पढ्न पाउने भएपछि देशैभरका विद्यार्थीको रोजाइमा यो विश्वविद्यालय पर्ने गर्दछ । विश्वविद्यालयमा राजनीतिक खिचातानीका कारण लामो समय उपकुलपतिसहित उच्च अधिकारीको पद खाली रहेर कायममुकायमको भरमा सञ्चालन हुँदै थियो । अहिले पनि सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनलगायत महत्वपूर्ण पद रिक्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार