पाँचथरमा सक्रिय संक्रमितका लागि उपयुक्त छैनन् संरचना
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार १७:१४:२९
१७ कार्तिक, पाँचथर । पाँचथरमा कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ ।
संक्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको छ तर सक्रिय सङ्क्रमित रहेका होम आइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् । होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावले सङ्क्रमण फैलन खतरा बढ्दै गएको छ ।
कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा खाने, बस्ने, सरसफाइ गर्नेसहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै संक्रमण अन्य व्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकको सुझाव छ तर यहाँका अधिकांश घर परम्परागत तथा कच्ची छन् । पक्की घरमा समेत एक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् । यस्ता घरमा संक्रमितसहित अन्य व्यक्तिसमेत रहनुपर्ने बाध्यताका कारण संक्रमण व्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको छ । शहरको रूपमा विकास हुँदै गरेको फिदिमसहित जिल्लाका अन्य बजार शौचालय तथा स्नानघर घर बाहिरसमेत छन् । यस्ता स्थानमा बाध्यतावश संक्रमितको अन्य व्यक्तिसँग सम्पर्क हुने सम्भावना रहने स्थानीयवासीको भनाइ छ । सङ्क्रमित तथा कन्ट्याक्ट टे«सिङमा परेकाबाट पर्याप्त सतर्कता अपनाउने गरेको पाइन्न ।
स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभए पनि समुदाय स्वयं सचेत हुनसके संक्रमणको व्यापक फैलावट रोक्न सकिने बताउछन । “छुट्टै संरचना नभए संक्रमितले प्रयोग गरेका सामग्री र स्थानलाई सेनिटाइज गरेर अरुले प्रयोग गर्न सकिन्छ”, सुवेदीले भने, “यसका लागि सधैँ सजगता, सतर्कता र तत्परता आवश्यक छ ।” समुदायलाई सचेत तुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारी मात्रै नरहेको सुवेदीले टिप्पणी छ । “पर्याप्त सचेतना र सजगताका लागि समुदायबाटै ठोस पहल र पालना हुनु आवश्यक छ”, सुवेदीले भने।
समुदायमा संक्रमण देखिए पनि सतर्कता र सजगता कमजोर रहेको स्वास्थ्य कार्यालयको ठम्याइ छ । “दैनिक भीड हुने सदरमुकामसहितका बजारमा मास्क र सेनिटाइजरको प्रयोगको अवस्था नै कमजोर छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको प्रश्न छ, “मास्क नलगाउने मानिसलाई होम आइसोलेसनको मापदण्ड पालना गर्ने प्रयत्न गर्नुस् भनेर कसरी सम्झाउने ?” यहाँका संक्रमितलाई सघन उपचार कक्ष वा भेन्टिलेटर राख्नुपर्ने अवस्था आएमा ज्यानै जानसक्ने खतरा रहेकाले स्थानीय तहहरू तथा सरोकारवाला निकायले उच्च सतर्कता अपनाउन अपिल गर्दै आएका हुन् तर सरकारी निकायको तत्परतालाई समुदायस्तरबाट सहयोग हुन नसक्दा संक्रमण फैलन मद्दत पुगिरहेको छ ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल उपयुक्त संरचनाविहीन होम आइसोलेसनमा संक्रमित बस्नुपर्ने बाध्यता रहेको बताउछन । स्थानीय तहद्वारा स्थापित आइसोलेसन तथा अस्पतालको सेवाबाट समेत आम मानिस असन्तुष्ट रहेको नेपालको ठम्याइ छ । “कोभिड अस्पतालमा शय्या पाउन भनसुन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष नेपालले भने, “गैरसरकारी क्षेत्रले आवाज उठाउनेभन्दा यो परिस्थितिमा अन्य काम गर्नसक्ने अवस्था छैन ।” कोभिड–१९ लाई समुदायस्तरमा समेत नजरअन्दाज र बेवास्ता गर्न नहुने भन्दै नेपालले सबैलाई जिम्मेवार बन्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार