प्रचण्डको त्याग र ओलीको दम्भले निम्त्याएको नेकपाको राजनीतिक बिचलन
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ मंगलबार ०:१८:२४
वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको जन्म कुण्डलीलाई सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने नेकपाका दुई अध्यक्षसहित सचिवालयको सिंगो टीम अब असफल भैसकेको अवस्थामा पुगेको छ । नेपाली बाम आन्दोलनका सारथी हौं भन्ने लोभी, पापी र अपराधीहरुको समिश्रणले नेपाली जनताको आशा, भरोसा, विश्वास र समर्थनलाई नेकपाका डबल अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यति चाँडै र यति सजिलै तिलाञ्जली दिन्छन् भन्ने अनुमान नेपाली जनताले अहिल्यै गरि हालेका भने थिएनन् ।
जनताको भरोसा र विश्वासलाई सत्ता आरोहणको सिँढीभन्दा बाहेक केही नठान्ने वर्तमानको ओली सरकारकै अकर्मण्यताका कारण असाध्यै ठूलो त्याग र समर्पणबाट एकताबद्ध भएको नेकपा अहिले फुटको संघारमा पुगेको छ । जनताले जुट्न दिएको समर्थनलाई समेत वर्तमानका बिरामी प्रधानमन्त्रीले लाटाको धोती झैं हावाको बहावमा उडाई दिएपछि वर्तमान नेपालको राजनीति अहिले तरंगित बनिरहेको छ ।
कहिले जन्मोत्सवमा रमाउने, कहिले बन्धु भेलालाई बालुवाटारमा उपयोग गर्ने, कहिले आफ्ना गुटका, समूहका या झुण्डका ककटेल भेला गरेर पार्टी भित्रका अन्य तमाम आफुभन्दा सिनियर नेतृत्वको मानमर्दन गर्नमै आफ्नाे कार्यकालको आधा भन्दा बढी समय खर्चिएका प्रधानमन्त्री ओलीलाई तब दाँतमा ढुंगो लागे झै भयो जब अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमा बोलाउँदासमेत प्रचण्डले तिम्रो अनुहार मात्र हेर्न अब बालुवाटार आउँदिन भनेर ठाडै अस्विकार गरिदिए । “फुटाउ र राज गर” को राम्रो तालिम पाएका ओली सकेसम्म अरुलाई तर्साउने, धम्क्याउने नभए घुर्की लगाएर बस्ने बिलक्षण प्रतिभाका धनि व्यक्तिका रुपमा मात्रै आफुलाई प्रस्तुत गर्न सफल भएको देखियो ।
राजनीतिक परिदृष्यले बिगतमा प्रचण्डलाई जसरी परिभाषित गरे पनि नेकपाको गठन पछिका बर्षहरुमा उनलाई नेकपा भित्रको राजनीतिका त्यागी पुरुषको रुपमा चित्रण गरिएको छ । पार्टी एकताका बखत गरिएका हरेक संझौतामा टिपेक्स लगाउँदै आफु मात्रै सत्ता र शक्तिमा निरन्तर रहिरहने ओलीको दुश्साहसलाई प्रचण्डले कहिल्यै असहयोग र निरुत्साहित गरेनन् बरु उनले मौन समर्थन नै गरिदिए । जसका कारण ओलीमा सत्ता र पदको थप दम्भ पैदा गरिदियो । प्रचण्डको मौनतालाई पार्टीमा एकलौटी गर्ने अवसरका रुपमा उपयोग गर्न खोज्दा नेकपामा अहिलेको अवस्था आईपुगेको कुरामा भने अब शंका गर्ने ठाउँ रहेन ।
प्रधानमन्त्री ओलीको आफ्नै सहयात्री तथा आफुभन्दा अग्रज नेतृत्वलाई सके पेलेर जाने नसके फकाएर जाने रणनीति पनि बिस्तारै धुमिल हुन थालेपछि भने ओली अहिले चोट खाएर रन्थनिएको बाघ झैं भएको अवस्थामा पुगेका छन् । नेतृत्व तहमा एकलौटी हालिमुहाली गर्न पाएका ओलीलाई प्रचण्डको नीतिगत बिचारले कि त लाईनमा ल्याउँछ कि त पार्टी बिभाजनको बाटोमा अगाडि बढछ भन्ने नेकपा बृत्तमा अहिले चर्चाको बिषय बनेको छ ।
कुनै समय प्रचण्डसँग कुम जोडेर माधव नेपाल, झलनाथ खनाल, भीम रावल, बामदेव गौतम, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्यलगायतलाई भित्तामा पुग्ने गरी पेल्न भ्याएका ओलीलाई अहिले तिनै नेताको बैशाखी चाहिने बेला आएको छ । तर बगरको बालुवामा लेखिएको नाम स्थायी हुँदैनन्, एउटै हावाको झोक्काले मेटाई दिन्छ भन्ने कुरालाई ओलीले समयमै बुझ्न नसक्नु नै नेकपाको वर्तमानको राजनीतिक अस्थिरताको द्याेतक हो भन्दा कुनै फरक नपर्ला । लाखौं जनताको सहभागितामा बनेको राजनीतिक दललाई एउटा ब्यक्तिले आफु अनुकुल उपयोग गर्न खोज्दा नेकपामा मात्र हैन अन्य राजनीतिक दलमा पनि यहि अवस्था हाबी हुने कुरामा भने दुईमत रहदैन् ।
बिगतको तितो यथार्थलाई भुलेर अहिले प्रधानमन्त्री ओली नेता माधव नेपाललाई फकाउन ब्यस्त रहेको देखिन्छ । अर्का अध्यक्ष प्रचण्डलाई पेलेरै जाने रणनीतिमा देखिएका ओलीलाई आफ्नै पूर्व नेकपा एमालेका साथीहरुले समेत साथ दिन नसक्नुमा अरु कसैको दोष नभई स्वयं ओलीको दुष्ट ब्यबहार र छुद्र बोलीको प्रभाव हो भन्न थालेका छन् नेकपाका पाका नेताहरु । प्रचण्ड गुटलाई धुलिसात पार्न सके अझै केहि बर्ष एकछत्र राज गर्न सकिन्छ भनेर हौसिएका ओलीलाई प्रचण्डको राजनैतिक त्यागले निस्तेज पारिदिने निश्चित झै भएको छ ।
कहिले माधव नेपाललाई महाधिवेशनबाट अध्यक्ष बनाईदिने त कहिले आफ्नै हातले केक खुवाएर आफ्नाे पक्षमा उभ्याईरहने औजारमा अहिले आएर खिया मात्रै लागेको छैन, भैसेपाटीका गौतम पनि पटक पटकको आश्वासनका क्याप्सुलले मृगौला फेल हुने अवस्थामा पुगेका छन् । यसरी हेर्दा लाग्छ, जनताद्धारा देश बिकासको तालाचाबी जिम्मा दिएर पठाएका नेताहरुको ध्याउन्न अहिले भोमकरीमा परेका नागरिक माथि छँदैछैन, रोगले आक्रान्त बनेका नागरिकमाथि छदैछैन, अभावले गाँजिएर, ऋणको जंजिरले बाँधिएर जीवनमरणको दोसाँधमा बाँच्न बाध्य नेपालीहरुलाई हेर्नै नसक्ने गरिएको राजनीतिक फोहोरको डंगुर देखेर थप निराशा मात्रै बनाएको छ ।
पटक पटकको प्रहार र तिरस्कारबाट आजित ओली ईतर पक्ष अहिले भने प्रचण्डसँग फेबिकाेल झैं टाँसिएको छ । जसलाई उप्काउन ओलीलाई हम्मेहम्मे नै परिरहेको छ । बिगतको ओलीको व्यवहारले अहिले उनैलाई अनकण्टार जंगलमा लगेर एक्लै छोडिदिएको एक्लो बालक झैं बनाएको छ । आफ्नाे राजनीतिक अस्त्रका रुपमा अगाडि सारिएको फोश्रो राष्ट्रवाद पनि रअ को नेपाल भ्रमणसँगै रसातलमा भासिएको नेपालको नक्सा प्रकरणपछि भारतले पनि यसलाई राम्ररी नै उपयोग गर्ने आधार देखिदैछ । नेपालका राजनीतिक दलहरुको र तिनै दलहरुलाई नेतृत्व गर्ने नेतृत्वको हैसियत राम्ररी अध्ययन गरिसकेको भारतको वर्तमान नेतृत्वले पनि नेपाललाई अहिलेकै अवस्थामा दवावमा राखेर काम गर्ने अवस्था समेत देखिदैछ ।
नेपालको राष्ट्रियता यति सस्तो यसअघि कहिल्यै पनि भएको थिएन । मुर्खलाई मच्छड मार्न अ¥हाउने सेठजीको कथा जस्तो अवस्थाका अबुझ र बज्रस्वाँठहरुको नेतृत्वले नेपालको आन्तरिक राजनीति त धुमिल पारे नै, अन्तर्राष्ट्रिय कुटनीतिको समेत मज्जाले धज्जी उडाए । मुलुक बनाउने असल कालीगढ चुन्न नसक्दा नागरिकको लगानी बालुवामा पानी सरह भएको छ । यसले मुलुकलाई फेरि राजनीतिक अस्थिरतातर्फ अग्रसर बनाउने वातावरण तयार गरिरहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
शासक, प्रशासकहरू किन चुकिरहन्छन् देशलाई अप्ठ्यारो पर्दा ?
असोज १७, २०८१ बिहिबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार