नेपाली कांग्रेस (वीपी)ले भारतीय स्थलसेनाध्यक्षलाई कालो झण्डा देखाउने
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २१:४९:१०
१७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस (वीपी) ले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणेलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको सार्वजनिक गरेको छ । नेपाल सरकारले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी (सेना प्रमुख)को दर्ज्यानी चिन्ह प्राप्त गर्न असोज १९, २० र २१ गते भारतीय स्थलसेनाध्यक्ष नेपाल आउँने कार्यक्रम रहेको छ । सोहि कार्यक्रमलाई लक्षित गर्दै कांग्रेस (वीपी)ले नेपाल भ्रमणमा आपत्ति जनाउदै कालो झण्डासहितको विरोधका कार्यक्रम घोषणा गरेको छ ।
आज पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारि गर्दै नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नेपाल सरकारले नेपालको प्रशासनिक तथा राजनैतिक नक्सा सार्वजनिक गरेपछी भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणेले सीमाना सम्बन्धी आपत्तिजनक वक्तव्य दिई नेपाल र नेपालीमाथिको आत्म–सम्मानमा ठेस पुर्याई धावा बोलिएको कुरा उल्लेख गरिएको छ । नरवाणेले उक्त वक्तव्य फिर्ता नलिई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथी (सेना प्रमुख)को दर्ज्यानी चिन्ह प्राप्त गर्न भारतीय स्थलसेनाध्यक्ष नेपालको भ्रमणमा आउने भएपछि विरोधको कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । वक्तव्य फिर्ता बिना हुने भ्रमणमा कालो झण्डा सहितका विरोध कार्यक्रममा सहभागी हुन प्रजातन्त्रवादी, राष्ट्रवादी, देशभक्त, नागरिक समाज, समाजसेवी, पेसागतकर्मी, श्रमजीवि मजदुर, किसन, शिक्षक, कर्मचारी, विद्यार्थी तथा आम(जनसमुदायमा कांग्रेस वीपीले हार्दिक अपिल गरेको छ ।
विज्ञप्तिमा लोकतान्त्रि गणतान्त्रिक व्यवस्थाका नायक भन्ने दलहरुलाई लोकतान्त्रि गणतान्त्रिक व्यवस्था आए पछी राजाका नामजोडिएका सम्पूर्ण संघ(सस्था, स्थान, राष्ट्रिय निकुन्ज, ट्रसहरु खारेज गरिए पनि राजा महेन्द्रले २०२० साल जेष्ठ महिना २५ गतेबाट सुरुवात गरिएको चलनलाई निरन्तरता दिनु भनेको के भारतसँग लम्पसारवाद होईन र ? भनि प्रश्न समेत गरिएको छ । यधपी नेपाली कांग्रेस (वीपी) नेपाली कांग्रेस लोकतान्त्रि गणतान्त्रिक, धर्म निरपेक्षता र संघियतामा गए पछी फरक मत राख्दै स्थापना भएको पार्टी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४३ करोड, चालु आवको भन्दा १६ प्रतिशतले कम
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार