ओरालो लागेको शेयरबजारमा कसकाे काराेबार के ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २३:१३:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-_EQehS64dHH.jpg)
१७ कार्तिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । आज कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० लाख ९७ हजार ७१८ बराबरको कारोवार भयो । यस्तै नेपाल बैंक रु आठ करोड १६ लाख ९३ हजार २०५, एचाआइडिसिएल रु आठ करोड ८२ लाख ५३७, प्रभु बैंक रु सात करोड ५९ लाख ५७ हजार ९९७, ग्लोबल आइएमइ बैंक रु छ करोड ८४ लाख ३९ हजार ३०१, फष्ट माइक्रोफाइनान्स रु छ करोड ७८ लाख आठ हजार ४४९ र डिप्रोक्स लघुवित्त रु छ करोड ७६ लाख ११ हजार ४४७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन् ।
यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार