प्रधानमन्त्रीको गृह नगर कोरोनाको उच्च जोखिममा

नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २३:३२:२६

१७ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झपाको दमक नगरपालिका कोरोनाको अति उच्च जोखिममा परेको छ । पूर्बी नेपालको दमक नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको विगत केहि दिनका आँकडाहरुले देखाएको छ । दमकमा कोरोनाका बिरामीहरुको संख्या दिनानुदिन बढदै जान थाले पछि स्थानीय सरकारले पनि यस बिषयमा बिशेष चासो राख्न थालेको छ ।
दशैंको समाप्तिसँगै दमकमा देखिएको कोरोना संक्रमितहरुको उच्च जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा आज दमक नगर पालिकाले सरोकारवाला निकायहरुसँग छलफल गरेको बताईएको छ । स्थानीय नागरिकहरुको उच्चतम चहलपहल नै कोरोना माहामारीको संक्रमण फैलनुको मुख्य कारण भएको भन्दै स्थानीयबासीहरुले सामाजिक सञ्जाल मार्फत स्थानीय सरकार दमक नगरपालिकालाई ब्यापक दवाव सृजना गरे पछि दमक नगरपालिकाले यस बिषयमा बिशेष चासो देखाएको हो ।
दमक नगरपालिकाका स्थानीय सरोकारवाला निकायहरु सहित उद्योग बाणिज्य संघको संयुक्त बैठकमा अब के गर्ने ? भन्ने बिषयमा सुझाव मागिएको तर लकडाउन मात्रै कोरोना नियन्त्रणको अचुक औषधि नभएको भन्दै सरोकारवाला निकायहरुले स्पष्ट कार्ययोजना सहितको कार्यक्रम नगरपालिकाले ल्याउनु पर्ने कुरामा जोड दिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । वाणिज्य संघका अध्यक्ष श्रेष्ठको भनाईमा लकडाउन गर्ने भए हिडडुलमा समेत कडाई गरी दुई हप्तासम्म सम्पूर्ण बजार पसल बन्द गर्नुपर्ने, नत्र लकडाउनका नाममा ब्यापारी बर्गलाई मात्र समस्यामा पारेर बजार पसल बन्द गराउन नहुने बिषयमा बैठकमा जानकारी गराएका थिए ।
दमकमा यस अघि पनि स्थानीय सरकार दमक नगरपालिकाले लकडाउन गरेको भए तापनि स्थानीय नागरिकहरुको लापर्वाहीका कारण पूर्ण रुपमा कार्यान्वयन गर्न सकिएको थिएन । लकडाउन गर्ने नै हो भने लकडाउनको समयमा स्थानीय नगरबासी नागरिकहरुको कोरोना परिक्षणको दायरालाई बढाउँदै निशुल्क कोरोना परिक्षण गर्ने, सर्वशुलभ औषधि उपलब्ध हुने वातावरण सृजना गर्नुपर्ने, नागरिकलाई स्थानीय सरकारको उपस्थिति रहेको आभास दिलाउनु पर्नेमा लायन्स क्लब अफ दमक सेविकाकी संस्थापक अध्यक्ष तथा महिला नेतृ रेगिना भट्टराई प्रसाईले बताए ।
दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार भोलि राजनैतिक दलसँग कोरोना रोकथामका बिषयमा गम्भिर छलफल गर्ने र आवश्यक कदम चाल्ने बताएका छन् । दमकमा मात्रै अहिलेसम्म ४१९ संक्रमित भएका छन् भने आईतबार मात्रै ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार