सरकारले काेराेना व्यवस्थापनमा बेवास्ता गरेकाे राप्रपा अध्यक्ष राणाको आरोप
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २३:४१:१२
१७ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार र सत्तारुढ दल कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उद्धत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘हजारौं मानिसलाई कोरोना भाइरस संक्रमण भइरहेको छ । काठमाडौंमा मात्र दैनिक झण्डै १५०० संक्रमित छन्,’ राप्रपा अध्यक्ष राणाले सोमबार ट्वीट गर्दै भने । ‘तर रोग निवारण, व्यवस्थापनमा सरकारको पूर्ण बेवास्ता छ, कुनै ध्यान छैन ।’
सत्तारुढ नेकपाभित्र अनवरत जारी सत्ताकेन्द्रीत झगडाले जनस्वास्थ्य र जनकल्याण पूर्ण ओझेलमा परेको भन्दै राणाले सरकारको लापरवाहीको आलोचना गरेका छन् । उनले भने, ‘पार्टीभित्रको झगडा कसरी जित्ने बाहेक अरू केही चिन्ता देखिन्न । सरकार र सत्तारुढ दलबाट यस्तो लापरवाही कति दिन चल्ने ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार