गृहमन्त्री बादल माधव नेपालको गुटमा !
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १९:४३:२७
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाको विवाद चर्किदै जाँदा नेताहरु शीर्ष नेताको प्रवृति हेरेर गुटमा लाग्न थालेका छन् । पछिल्लो समय पूर्व एमाले र पूर्व माओवादीका नेताहरु आफ्नो स्वार्थ हेरी हेरी गुटमा लाग्न थालेका छन् ।
पछिल्लो समय नेकपाभित्र आफ्नो स्वार्थ हेरेर गुटमा बस्ने गृहमन्त्री रामबहादुर थापा बादल माधव नेपाल गुटमा लागेको देखिएको छ । गृहमन्त्री भएयता प्रचण्ड गुट छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा लागेका बादल पछिल्लो समय नेकपा विवाद उत्कर्षमा पुग्दा माधव नेपालको गुटमा देखिएका हुन् ।
खासगरी ओली र प्रचण्डबीच नेकपा फुटाउने विषयमा तिब्र छलफल र मतभेद छ । ओलीले तत्काले फुटाउने पक्षमा छन् । प्रचण्ड पनि पार्टी फुटाउनैपर्ने आवश्यकता महसुस गरिरहेका छन् । तर माधव नेपाल भने अहिल्यै नेकपा फुटाउन नदिने पक्षमा छन् ।
दुवै पक्ष मिलेर जानुपर्ने अडानमा रहेका माधव नेपाललाई गृहमन्त्री बादलले साथ दिइरहेका नेताहरुको भनाई छ । यस विषयमा बादलको प्रचण्ड निकट नेताहरुसँग विवाद समेत गरेका थिए । पूर्वमाओवादी भएकाले प्रचण्ड गुटमा खुलेर लाग्नुपर्ने दबाब बढेपनि बादल भने तटस्थ रहन नेपालको गुटमा लागेको चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार