संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णयप्रति नेबिसंघको गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २०:२८:११
१८ कार्तिक, काठमाडौं । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने भनि गरेको निर्णयप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भन्दै मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न र त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई गरिएको परिपत्र संविधानको मर्म र भाबना विपरीत छ ।
परिवर्तनका लागि जीवन बलिदान गरेका शहिद तथा जिवनको उत्सर्ग गर्न तत्पर योद्दाहरुको अपमान र गणतन्त्रको मर्म बिपरित एक पछि अर्को निरन्तरको जनबिरोधी र ब्यबस्था बिपरितको गतिविधि र निर्णयले बर्तमान सरकार जनताको बलिदानी र हाम्रो संघर्ष बाट प्राप्त उपलब्धीको सम्बर्द्धन र संरक्षण गर्न भन्दा निश्तेज गराउने खेलमा उद्यत रहेको पुष्टी भएको छ ।
परिवर्तन संग जोडिएका प्रमुख बिषयहरुमा समयमा नै गम्भीर बन्न र हाम्रा बलिदानी, त्याग,तपस्या र संघर्षका उपलब्धिहरुका बिषयमा खेलबाड नगरी तत्काल यस्ता त्रुटिपूर्ण निर्णय सच्याउन गम्भीर चेतावनी दिन चाहन्छु, महामन्त्रीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार