अब कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २१:२९:२०
१८ कार्तिक, काठमाडौं । वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहजरुपमा कोषको रकम भुक्तानी गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारले करार अवधि तीन वर्षको भएमा रु एक हजार ५०० र तीन वर्षभन्दा बढी भएमा रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्छ ।
बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग, बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक कामदारको सन्नतिको शैक्षिक भविश्यलाई उज्वल बनाउन शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिँदै आइएको छ ।
भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले प्रष्ट पारेको छ । पछिल्ला समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार