दाहाल निवासमा नेपाली कांग्रेसकाे श्रद्धाञ्जली सभा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २२:३९:४६
१८ कार्तिक, काठमाडौं । पूर्णानन्द दाहाल, नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति, नेपाली कांग्रेस झापाका सबैभन्दा पुराना तथा त्यागी नेता, नेपाली कांग्रेस जेष्ठ नागरिक मञ्चका केन्द्रिय समिति सदस्यसमेत रहेका बयोबृद्ध नेता नेपालको लोकतान्त्रिक आन्दोलनका एक अग्रज नेताका रुपमा स्थापित नाम हो । नेपाली कांग्रेस पार्टी पंङ्ग्तीमा झापा जिल्लाकै अभिभावकका रुपमा रहेका पूर्णानन्द शर्मा दाहालकी जीवन संगिनी(श्रीमति) ८५ बर्षिय रमादेबी दाहालको देहावसान भएको नवौं पुण्य तिथी पारेर आज झापा जिल्ला स्थित कमल गाउँपालिका वार्ड नं. ५ मङ्गलबारे स्थित दाहाल निवासमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
पत्नि शोकमा रहेएका बयोबृद्ध नेता पूर्णानन्द शर्मा सहित छोराहरु बिनोद र आमोद प्रसाद दाहाल, छोरी प्रमिला दाहाल अधिकारीसहित परिवारमा पर्नगएको मातृ बियोगको शोकप्रति भावपूर्ण समबेदना व्यक्त गर्न साथै परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गर्नका लागि नेपाली कांग्रेस झापा जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति क्षेत्र नं. ७, दमक नगर समिति, गौरादह नगर समिति लगायत सयौंको संख्यामा नेपाली कांग्रेस आबद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कोरोना कहरको त्रासदीपूर्ण वातावरणलाई समेत बेवास्ता गर्दै नेता दाहालको घरमा समवेदना व्यक्त गर्न नेपाली कांग्रेसका महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रिय सभापति तथा पदाधिकारीहरु, दमक तथा गौरादह नगर समितिका सभापति सहित समितिका अन्य पदाधिकारीहरु सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । सिंगो नेपाली कांग्रेसको तर्फबाट स्व. आमा रमादेबि दाहाल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाको गोविन्दपुरमा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला
असार २१, २०८१ शुक्रबार
जन्मदिनको अवसरमा सिन्दुरेघारी चाँदी खोला छेउमा वृक्षारोपण
असार २०, २०८१ बिहिबार
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार