नेकपालाई फूटबाट जोगाउन राष्ट्रपतिले बामदेवलाई गुहारिन्
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ बुधबार १:८:२०
१८ कार्तिक, काठमाडौं । फेरि एकपटक सत्तारुढ नेकपा फूटको संघारमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगाउन हदैसम्मको भूमिका खेल्ने राष्ट्रपति भण्डारीले यसपटक पनि ओली र प्रचण्डसँगको सम्बन्ध सुधारेर पार्टी एकता जोगाउने प्रयास शुरु गरेकी छन् ।
तर आफू प्रत्यक्ष सक्रिय हुन नमिल्ने भएकाले उनले उपाध्यक्ष बामदेव गौतमलाई गुहारेकी छिन् । प्रचण्ड र ओलीबीच बोलचाल समेत बन्द हुने अवस्था सिर्जना भइरहेका बेला पार्टी एकता जोगाउने गरी भूमिका खेल्न भण्डारीले बामदेवलाई गुहारेकी हुन् ।
मंगलबार शीतलनिवासमा बोलाएर बामदेवलाई औपचारिक रुपमै पार्टी एकता जोगाउनका लागि निर्णायक भूमिका खेल्न आग्रह गरेकाे बामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । पार्टी एकता गराउन मूख्य भूमिका खेलेका बामदेव पछिल्लो समय ओलीबाट असन्तुष्ट छन् ।
उनले खासै सरकारको विरोध गरेका छैनन् । तर राष्ट्रियसभा सदस्य बनेपछि सर्वोच्चमा रिट परेर उनको सांसद पद विवादमा छ । पार्टी एकता गराउन मूख्य भूमिका खेलेका कारण पार्टीलाई फूटबाट जोगाउन पनि निर्णायक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
पछिल्लो समय अर्थमन्त्री बनेपछि नेकपा महासचिव विष्णु पौडेलले पनि दुई अध्यक्षबीचको विवाद समाधान गर्न सक्रियता देखाएका छैनन् । उनी बरु पार्टी फूटको नजिक पुगेको घोषणा गर्दै हिडेका छन् । यस्तो बेला निर्णायक कदम चालेर पार्टीलाई फूटबाट जोगाउन राष्ट्रपति भण्डारीले बामदेवलाई आग्रह गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार