ओलीको नयाँ कदमको पर्खाइमा प्रचण्ड र नेपाल
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १८:३०:२६
१९ कार्तिक, काठमाडौं । वितेको साताबाट फेरि चर्किएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको रडाको यतिबेला आँधी आउनुअघिको सन्नाटा झैं देखिएको छ । तीन गुटमा विभाजित नेकपा भित्रको शक्ति संघर्षमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सबैको तारो भएका छन् । उनी पार्टी संगठनभित्र हरेक मोर्चामा अल्पमतमा रहेपनि सबैभन्दा क्रान्तिकारी भूमिका उनकै रहेको छ ।
गएको शनिबार ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बलजफ्ती बोलाएर राम्रै पाठ पढाए । उनले प्रचण्डलाई प्रष्ट शब्दमा भने – अब भेडा र बाख्रा एकै थलाेमा बस्न मिल्दैन । सल्लाहमै अलग अलग बाटो लागौं । ओलीले पार्टी निर्णय नमान्ने भन्दै जस्तो परिस्थिति आएपनि सामना गर्ने धम्की दिएका छन् । ओलीको यस्तो मनस्थितिले अब नेकपा एक भएर रहने अवस्था नरहेको धेरैले अनुमान गरेका छन् ।
ओलीको अभिव्यक्तिपछि पार्टीका तीनवटै समूह आ–आफ्नै तयारीमा जुटेका छन् । अहिले कोही पनि मुख खोल्ने पक्षमा देखिएका छैनन् ।यद्यपि ओली भने नेताहरुको नाडी छाम्ने काममा व्यस्त छन् । त्यसैले कहिले नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राख्दैछन् भने सँगै प्रचण्डसँगको छलफललाई पनि निरन्तरता दिने पक्षमा देखिएका छन् । नेता नेपाल र प्रचण्डले आफू निकट नेताहरुसँग यसबारे गहन छलफल गरेपनि ओलीलाई थप चिढ्याउने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । ओलीपनि अब कसरी जाने भन्नेमा निकट नेताहरुसँग चरणबद्ध रुपमा छलफल गरिरहेका छन् ।
ओलीको अभिव्यक्तिलाई पूर्व माओवादी पक्षले गम्भिरतापूर्वक लिएको छ भने नेपाल पक्षले भने केवल तर्साउने खेल मात्र भनेको छ । स्वयं माधव नेपालले यो सबै अरुलाई तर्साउने नियतबाट आएकाे कुरा मात्र भनेका छन् । निकट नेताहरुसँगको छलफलमा उनले ओली हतास भएकाले यस्तो बर्बराहट आएको बताएका थिए । हिजो साँझ नेता प्रदीप नेपालसँगको भेटमा समेत उनले ओलीलाई कुनैपनि हालतमा विश्वास गर्न नसकिने भन्दै सच्चिने अन्तिम अवसर मात्र दिन सकिने बताएका थिए । तर अहिले नै कुनै कदम भने चाल्ने पक्षमा उनी नरहेको स्पष्ट संकेत गरेको पनि नेता नेपाल निकट स्रोतले बताएको छ ।
ओलीले आफूलाई मात्र उपयोग गरेको हो भने कुनैपनि बेला युद्धअपराधीका रुपमा अन्तर्राष्ट्रिय अदालतमा पुु¥याउने पो हुन् की भन्ने पिरलो पनि उत्तिकै छ । त्यसैले उनी अहिले मौन रहेको देखिन्छन् । तीनवटै समूहले पहिला कस्ले अर्काे कदम चाल्ने हो त्यसैका आधारमा प्रतिक्रिया जनाउने तयारी गरेका छन् ।
उता, प्रधानमन्त्री ओली भने अब सकेसम्म पूर्व एमालेहरुकै समर्थनमा प्रचण्डलाई पन्छाएर एकलौटी गर्ने दाउमा छन् । त्यसका लागि उनी नेता नेपाललाई आगामी महाधिवेशनमा अध्यक्ष पद जिम्मा लगाउन तयार भएको सन्देश दिन थालिसकेका छन् । तर नेता नेपाल भने ओलीको बोलीमा कुनै विश्वास नभएको ठान्छन् ।
ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार, प्रचण्डलाई पत्रु बनाएर फाल्ने योजना अनुसार नै पार्टी एकताको प्रस्ताव गरिएको थियो । दुुई तिहाईको सरकार चलाउने उनको आकांक्षा पूरा भइसकेकाले अब त्यो अवसर अरु कम्युनिष्ट नेतालाई दिने पक्षमा ओली छैनन् । यही अवस्थामा प्रचण्डलाई पार्टीबाट बिदा गर्न पाए सधैंका लागि प्रचण्डकाे राजनीति रसातलमा पुग्ने ओली पक्षको बुझाई रहेको छ ।
त्यसैले प्रचण्ड अहिले के गर्ने भन्ने द्विविधामा रहेका छन् । ओलीसँगको सम्बन्ध मात्र नभई पार्टी नै ध्वस्त हुने खतरा उनले देखेका छन् । ओलीले आफूलाई मात्र उपयोग गरेको हो भने कुनैपनि बेला युद्धअपराधीका रुपमा अन्तर्राष्ट्रिय अदालतमा पुु¥याउने पो हुन् की भन्ने पिरलो पनि उत्तिकै छ । त्यसैले उनी अहिले मौन रहेको देखिन्छन् । तीनवटै समूहले पहिला कस्ले अर्काे कदम चाल्ने हो त्यसैका आधारमा प्रतिक्रिया जनाउने तयारी गरेका छन् । ओलीले नै समस्याको उठान गरेकाले उनले नै नयाँ कदम चाल्नुपर्ने बुझाई प्रचण्ड र नेपालको रहेको छ ।
ओली भने आउने हप्ता मात्रै यसबारे थप कदम चाल्ने पक्षमा देखिएका छन् । आज भातरीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवाणे नेपालको तीन दिने भ्रमणमा आउँदैछन् । नेपाली सेनाको समेत मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी आज नेपाल आउन लागेका हुन् । रुपमा यस्तो देखिएपनि सारमा भने भारतीय सुरक्षा निकायको महत्वपूर्ण अजेण्डामा छलफल गर्न उनी आउन लागेको बुझिएको छ ।
नेपालले भारतले कब्जा गरेको कालापानी, लिपुुलेक लगायत भूमी समेटेर नयाँ नक्शा जारी गरेपछि विकसित चिसो सम्बन्ध कायम रहेकै बेला नरबाणे दर्ज्यानी चिन्ह थाप्न पक्कै आएका होइनन् । गएको साता भारतीय सरकारको दूतका रुपमा रअ प्रमुख सावन्तकुमार गोयल नेपाल आएका थिए । उनले प्रधानमन्त्री ओलीसँग मध्यरातमा वान टू वान वार्ता गरेका थिए । ओलीले गोयललाई भेटनुअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेका थिए । सो वैठकले गरेको निर्णय अहिलेसम्म सार्वजनिक भएको छैन ।
त्यसैले नरबाणेसँगको छलफलपछि मात्रै ओली पक्षले थप कदम चाल्ने बुझिएको छ । सेनाध्यक्ष नरवाणे तीन दिनको भ्रमणका लागि आउन लागेका हुन् । यसको अर्थ यो साताभरि नै ओलीले कुनै कदम चाल्ने सम्भावना देखिएन । त्यतिञ्जेल भने नेकपा भित्रको रडाको भूसको आगो झैं सल्किरहने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार