गौरमा जनता आवासको एक अर्ब रकम फ्रिज, कार्यालयमा तालाबन्दी !
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १९:४४:९
१९ कार्तिक, रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको रू एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् ।
सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम शहरी विकास तथा भवन कार्यालय अन्तरगत गौरमा रहेको सो एकाइले खर्च गर्न नसेर फ्रिज भएपछि आक्रोसित नेपाल राष्ट्रिय मुसहर संघ र मधेशी दलित विकास महासङ्घको अगुवाइमा दलितहरूले तालाबन्दी गरेको मधेशी दलित विकास महासंघका अध्यक्ष धर्मेन्द्र पासवानले राससलाई बताए ।
कार्यालयका कर्मचारीहरूको उदासिनताको कारण गरिब, दलित तथा असहाय परिवारका लागि आएको सो बजेट फ्रिज भएपछि बाध्य भएर ताला लगाउनु परेको दलित अगुवाहरूको गुनासो थियो ।
गतवर्षदेखि नै सो रकम निकासामा अवरोध हुदै आएकोले करिव तीन हजार घरपरिवार आवासविहिन भएका छन् । घर निर्माणका लागि सो समुदायले फारम दर्ता गराउनेदेखि आवश्यक कागजात तथा प्रमाण जुटाउन प्रति परिवार रू ५ हजारसम्म खर्च गरेपनि उपलब्धि केही नभएको उनीहरूको आरोप थियो । सोमवार गौरस्थित सो कार्यालयमा पुगेका दलित आक्रोसित भइ नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार