कविता : मायाको कसम !
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार २१:१३:२९
नमिता दवाडी / न्युजिल्यान्ड
जड बनायौ ,बनेँ ,
शिरमा सजायौ
पाउमा ढलायौ ,
चुम्यौ अङ्ग अङगमा ,
गिद्दले सिनो लुछे झैँ
तिम्रै खुसीमा
खुसी-खुसी छाडेँ जिन्दगीको बहर !
अनायास एकदिन भन्यौ ,
सँगै नारिन सकिन्न हल बनेर ,
बाँधिदै मायाको जोतारोले
हालेर कर्तब्यको जुवा काँधहरुमा ,
जीन्दगीमा सुर्का सुर्की मात्रै छ !
बस् ! बल्ल देख्यौ जिन्दगीको फाँट ?
प्रेमको हत्या गर्यौ ! कसरी भनुँ हृदयको मान्छे !
तिम्रा पनि बाध्यता होलान् !
आफ्नै बाटा होलान् !
गन्तब्य होलान् !
के हिसाबकिताब माग्नु नाफा घाटाको ,
तिम्रो प्रतिक्षामा ब्यग्र हुँदै बिताएका अधिर पल ,
पिएका अखप छटपटी ,
तिम्रो स्पर्शको सपनाबाट एक्कासि ब्युँझिदा
बिपनाले कोतरेका मनका असङ्ख्य डोबहरु ,
दफन गरिदेउ !
विन्ती ! खनिदेउ चिहान !
तिम्रो मायाको कसम ! म कहिल्यै मुन्टो उठाउने छैन ,
नियाल्ने छैन तिम्रा पाइतालाका छापहरु ,
सुन्ने छैन पदचापहरु।
तिमीसँग भेटिएपछि तोडिएका दौँतरी ,
फेरिएका आफन्त ,
बिग्रिएको मेरो जिन्दगीको सरगम ,
काखमा आफ्नै लास बोकेर
धुरुधुरु रोईरहेको मन ,
चिन्ता नगर यो हालको
बरु सजाइदेउ चिता
सल्काईदेउ झ्वार्र क्रोधको एक खिली सलाई
र जलाईदेऊ यी अबयबहरु !
तिम्रो मायाको कसम ! म कहिल्यै छुने छैन !
धुवाँ बनेर ,
हावा बनेर तिमीलाई !
बस् ! मुक्ती देऊ ! मुक्ती लेऊ !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया
जेठ २६, २०८१ शनिबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार