मायादेवी मन्दिर बन्द हुँदा पर्यटक खिन्न
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बिहिबार १:४३:३१
१९ कार्तिक, रुपन्देही । पछिल्ला दिनमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि मायादेवी मन्दिरसहित दुई दर्जनभन्दा बढी बिहारहरु बन्द हुँदा पर्यटकहरु खिन्न भएका छन् । उनीहरु ती सबै ठाउँमा घुम्न नपाउँदा निराश भएर फर्कने गरेका छन् । रुपन्देहीको शङ्करनगरका प्रकाश ज्ञवालीलाई गत शनिबार लुम्बिनी जाँदा त्यस्तै अनुभव भयो ।
स–परिवार लुम्बिनी पुगेका ज्ञवालीले मायादेवी मन्दिरको दर्शन गर्न पाएनन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण मायादेवी मन्दिर बन्द भएपछि बाहिरबाटै दर्शन गरेर उनीहरु फर्किए । ज्ञवालीजस्तै अन्य आन्तरिक पर्यटक लुम्बिनी गएर पनि मायादेवी मन्दिरमा दर्शन गर्न नपाउँदा खिन्न छन् ।
“कोरोना भाइरस सङ्क्रमणका कारण धेरै समय घरमा बस्दा दिक्क लागेर लुम्बिनी घुम्न गयौँ तर त्यहाँका मन्दिर त खुलेकै रहेनछन् ”, ज्ञवालीले भने, “मायादेवी मन्दिर हेर्न नपाएपछि लुम्बिनी गएको जस्तो पनि भएन ।”
महामार रोकथामका लागि जारी बन्दाबन्दीसँगै सरकारले मठमन्दिरहरु प्रवेशमा रोक लगाएपछि मायादेवी मन्दिर पनि बन्द गरिएको हो । लुम्बिनीमै बस्ने योजना बनाएर आएका पर्यटकहरु मन्दिर बन्द भएपछि फर्किने गरेको लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले बताउँदै श्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खोल्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले भने, “पर्यटन व्यवसायी सुरक्षित भएर सेवा दिन तयार छौँ, अब लुम्बिनीमा पर्यटकीय गतिविध बढाउन मन्दिरहरु खोल्नुपर्छ ।”
मन्दिर बन्द हुँदा नियमित पूजापाठको काम समेत रोकिएको छ । भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाले मन्दिरमा पूजा गर्न पाएका छैनन् । मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न देश जोडिएका बिहार पनि बन्द छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार