आजदेखि सिमकोटका विद्यालयमा पठनपाठन शुरु
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बिहिबार २:३५:५०
१९ कार्तिक, सिमकोट । कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन् ।
यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन् ।
ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् । कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन् ।
मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए ।
रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताए । कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताए।
यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीषा सञ्चालन भएको हो । परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार