ओली अल्पमतमा रहेर पनि अझै शक्तिशाली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १८:२०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/kp_oli__HdYnEALn8c.jpg)
२० कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादका समाचारहरु अहिले छापा तथा अनलाईन खबरहरुमा भाईरल बनिरहेका छन् । नेकपा भित्र विवाद नै नरहेको भन्ने एउटा पक्ष छ भने नेकपाको विवादले पार्टी विभाजनको अवस्था नै ल्याउन सक्ने अर्का थरिका नेता तथा कार्यकर्ताहरुको समूहसमेत रहेको देखिन्छ । तर नेकपा भित्र के बिषयमा विवाद छ ? भन्ने बिषयमा भने धेरैले पार्टीको आन्तरिक बैठक तथा छलफलहरुमा आवाज उठाउन सकिरहेका देखिदैन् ।
कुनै पनि दल तथा सिंगो सरकारभित्र विवाद उत्पन्न हुनको लागि या विरोध गर्नका लागि कुनैपनि राष्ट्रिय सवालमा सरकार चुकेको हुनुपर्छ, अन्तराष्ट्रिय जगतमा नेपालीको शिर झुकेको हुनुपर्छ । अनि, त्यसको देशभित्रबाटै व्यापक बिरोध भएको हुनुपर्छ । कुनै पनि राष्ट्रिय राजनीतिमा दखल गर्ने कुनै राजनैतिक मुद्धा या दल भित्र पनि कुनै ठूल अनिष्टको संकेत हुनुपर्ने या देखिनुपर्ने हो अथवा पार्टीभित्र ठूलै राजनैतिक विचलनको संभावना देखिनुपर्ने हो तर नेकपा भित्र र राष्ट्रिय राजनीतिमा हालसम्म त्यस्तो कुनै उथलपुथलको अवस्था पनि देखिएको छैन ।
आफु पदमा पुगेपछि आफु अनुकुल सरकार र देशलाई चलाउन खोज्नु कुनै पनि देशको सरकार प्रमूखको कर्तव्य र जिम्मेवारी नै हो । पदमा जाने बिरुद्ध पद बाहिर रहनेले आफ्नै भए पनि सरकार र नेतृत्वको विरोध गर्नु पनि लोकतान्त्रिक व्यवस्थामा सामान्य रुपमा नै लिने गरिन्छ ।दलभित्र देखिएका समस्याहरु दलको आन्तरिक बैठकबाट र राष्ट्रिय राजनीतिमा देखिएका समस्याहरु सरकार भित्र र देशमा क्रियाशील राजनैतिक दलहरुको सामुहिक छलफल, अन्तरक्रिया तथा आन्तरिक बहसबाट किनारा लगाउने आ–आफ्नै प्रक्रियाहरु छन् । जसलाई वर्तमान सरकारले पनि त्यो साहस र हिम्मत देखाउँदै आईरहेकै छ ।
जसको फलस्वरुप नेकपाकै नेताहरुका सरकार बिरोधी लिखितम सहित श्रव्यदृष्य भाषणबाजीहरु सामाजिक सजालहरुमा प्रशस्तै पढन, हेर्न र सुन्न पाईएकै छन् । यसैलाई मात्रै नेकपा बिभाजनको संघारमा पुग्यो भनेर कसरी मकै ज्योतिषी बन्न सकिएला र ?
देशमा अहिले कुनै त्यस्तो ठूलो नोक्सानी, आन्तरिक राजनैतिक द्वन्द अनि अन्तर्राष्ट्रिय अविश्वासको वातावरण पनि बनेको जस्तो देखिदैन् । स्वयं नेकपा भित्र पनि कुनै राजनैतिक बहस र नेतृत्व तहमा अविश्वासको बादल मडारिएको पनि देखिँदैन् । सरकारले संचालन गरेका विकास निर्माणका साथै अन्य कामहरुको बारेमा राजनैतिक खबरदारी गर्नु प्रमुख प्रतिपक्षी दलसहित आम नेपाली नागरिकहरुको जिम्मेवारी नै हो । यसलाई आम नेपाली नागरिकहरुले पुग्दो मात्रामा सरकारको विरोध र सरकारलाई सहि बाटोमा हिँडन् जताईरहेका छन् । यहि बिषयलाई मात्रै नेकपाको बिवादको बिषय बनाउनु चाहीँ एकतर्फी रुपमा सरकारको र सिंगो नेकपाको अर्घेलो गरिए झैं मात्रै हुनेछ ।
वर्तमानको नेकपा विवादलाई सर्सर्ती हेर्दा प्रचण्ड र प्रचण्ड समूहलाई सरकारमा जान नपाउनुको पिँडाबोध मात्रै त हैन ? भनेर राजनैतिक विश्लेषण गर्नेहरुको समूह पनि छ । जसका कुराहरुमा भरपर्दा र विश्वसनीय आधारहरु देखिएका छन् । सरकारका गतिविधिहरुका राम्रा कामहरुको प्रशंसा र खराव कामहरुको विरोध गर्न सरकारले कहीँ कतै अंकुश पनि लगाएको देखिँदैन । जसको फलस्वरुप नेकपाकै नेताहरुका सरकार बिरोधी लिखितम सहित श्रव्यदृष्य भाषणबाजीहरु सामाजिक सजालहरुमा प्रशस्तै पढन, हेर्न र सुन्न पाईएकै छन् । यसैलाई मात्रै नेकपा बिभाजनको संघारमा पुग्यो भनेर कसरी मकै ज्योतिषी बन्न सकिएला र ?
नेकपा भित्र दुबै अध्यक्षहरुको बैठकमा अब सल्लाह गरेरै पार्टी विभाजन गरेर जाऔं भनेर आएका मनगढन्ते समाचारहरुमा पनि त्यति दम देखिदैन्। सल्लाह गरेरै पार्टी अलग गर्ने कुरा यदि नेकपाको नेतृत्व तहबाट आएको हो भने यो कुरा पनि समस्या समाधानको सही र दीर्घकालिन समस्याको समाधानको बाटो भने होईन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा चाँहि सहि छ र त्यसलाई वर्तमानको नेकपा पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
पार्टी भित्रको छलफल, बहस र अन्तसंघर्षलाई व्यक्तिगत गाली गलौज र आरोप प्रत्यारोपको रुप नलिई राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ्य एवं रुपान्तरणमुखी छलफल गर्नु नेकपाको आजको नितान्त आवश्यक बिषय रहेको देखिन्छ । तैं चुप मैं चुप पनि नगरी, “तुम शेर हो तो मैं सवा शेर हुँ” झै व्यक्तिगत झगडा तथा पाँडेगाली गलौचमा ओर्लिनु भन्दा पार्टी एकताको रक्षा गर्दै पार्टीलाई अकर्मण्यताको बन्दी नबनाई बिघटन तथा विर्सजनकाे दिशामा जान र भ्रष्ट पूँँजीवादी पार्टी बन्नबाट रोक्न सक्नु नै नेकपाको वर्तमान पार्टी नेतृत्व र सिंगो सरकारको मुख्य दायित्व रहेको देखिन्छ ।
नेकपा भित्र पार्टी एकिकरण भएर आजसम्म आईपुगेको अवस्थामा अहिलेसम्म पनि पूर्व पार्टी समिकरणको तुष बाँकी रहनु नै आन्तरिक किचलो झाँंगिनुको मुलकारण हो । नेकपा माले र नेकपा मार्क्सवादीकाे एकिकरणमा भने नेतृत्व तहमा यस्तो व्यक्तिवादी सोच हावी भएको देखिएको थिएन । तर अहिले सिंगो संगठनलाई दुई ध्रुवीय शक्ति संघर्षका रुपमा मलजल गर्ने अवसर मिलेका कारण नै वर्तमानको नेकपा फुल्नै नपाई ओईलाउने अवस्थामा आईपुगेको हो ।
पार्टीले सरकार र सरकारले पार्टी चलाउने दोहोरो मापदण्डको उचित व्यवस्थापन गर्न नसक्नु पनि नेकपा विवादको अर्को मुख्यकारणका रुपमा देखिएको छ । यस्तो दोहोरो मापदण्ड क्रियाशिल रहेसम्म नेकपामा मात्र हैन अन्य जुनसुकै राजनैतिक दलमा पनि आउने संभावित समस्याहरु यिनै हुन् जुन अहिले देशकै सबैभन्दा ठूलो राजनैतिक दलको रुपमा रहेको नेकपा भित्र देखिएको छ ।
हिजो नेपाली कांग्रेस एउटै पार्टी रहदाँ देखिएको फुटको झिल्को अनि अहिले देखिएको नेकपा भित्रको आगोको अगुल्टोमा वास्तवमै कुनै तात्विक अन्तर छैन । यसमा अहिले नेकपामा विवाद देखियो, अब नेकपा फुट्यो भने हामी एकाएक देशकै ठूलो राजनैतिक दल बन्ने भयौं भनेर नछोईकन सिन्को छोटो पार्ने विरबल मेथड अफ डेभलपमेण्ट को फर्मुला प्रयोग गर्नुको कुनै अर्थ पनि रहदैन ।
यस्तो अवस्था तबमात्र संभव हुन्छ जव शक्तिशाली मानिएको राजनैतिक नेतृत्व पथभ्रष्ट तथा पतित हुन्छ । यदि नेकपाको वर्तमानको राजनैतिक शक्तिसंघर्ष यहि कुराको द्यौतक हो भने नेकपा भित्रको प्रचण्ड, माधव, खनाल र गौतम समूहले आफु पार्टी तथा सरकारको शक्ति केन्द्रमा स्थापित हुन अझै अर्को निर्वाचनसम्म कुर्नु पर्ने देखिन्छ ।
यसरी विश्लेषण गरेर हेर्ने हो भने यी बाहेक नेकपामा अन्य कुनै राजनैतिक विवाद छँदैछैन् भन्दा अत्यूक्ति नहोला । यो त केबल दुई शक्तिशाली व्यक्तिहरुका बीचको जुँघाको लडाई मात्र हो । दुईको खैलाबैलामा तेश्रोले लाभ उठाउन खोजेको च्याँखे दाउ मात्र हो । कुर्सी बिना बाँच्नै नसक्ने वर्तमान प्रधानमन्त्री ओली र कुर्सीमा बस्नै नदिने प्रचण्डको दम्भका कारण अहिलेको नेकपाको पार्टी नेतृत्व र सरकार दुबै फेलियर अवस्थामा पुगेको भने प्रष्टै रुपमा देखिन्छ । मिलेर बस्ने र देशको विकास गर्ने सामूहिक भावनामा अभिबृद्धि नगरेसम्म नेकपामा देखिएको शक्ति संघर्षको मुना मासिने हैन दुबो मौलाएझै अझै पछिसम्म मौलाई रहने समेत देखिन्छ ।
राजनीतिलाई वर्तमानका राजनैतिक दलका नेतृत्वकर्ताहरुले सेवाभावबाट आर्थिक उपार्जनको माध्यमका रुपमा परिणत गर्ने कार्यले नै व्यक्ति पदमा जान र सो पदमा टिकीरहन आफ्नाे सम्पत्ति र शक्ति दुबैलाई भरमग्दुर उपयोग गर्ने गरेको देखिन्छ । शैक्षिक योग्यता बिनाका मानिसहरुको भीडले बौद्धिक वर्गलाई उपयोग गर्ने वर्तमानको राजनैतिक परिदृष्यले देश विकास गर्ला भन्ने दर्बिला आधारहरु पनि मेटिदै गैरहेको देखिन्छ ।
नेकपाको वर्तमानको राजनैतिक शक्ति संतुलन हेर्दा प्रचण्ड शक्तिमा रहेर पनि लाचार छन् अनि ओली अल्पमतमा रहेर पनि अझै पनि शक्तिशाली देखिन्छन् । यस्तो अवस्था तबमात्र संभव हुन्छ जव शक्तिशाली मानिएको राजनैतिक नेतृत्व पथभ्रष्ट तथा पतित हुन्छ । यदि नेकपाको वर्तमानको राजनैतिक शक्तिसंघर्ष यहि कुराको द्यौतक हो भने नेकपा भित्रको प्रचण्ड, माधव, खनाल र गौतम समूहले आफु पार्टी तथा सरकारको शक्ति केन्द्रमा स्थापित हुन अझै अर्को निर्वाचनसम्म कुर्नु पर्ने देखिन्छ ।
मेरो व्यक्तिगत विचारमा नेकपाको बडेमानको बहुमतबाट सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिल्यै सरकारको नेतृत्वबाट राजीनामा गर्ने हतारो पनि गर्नु हुँदैन र स्वयं नेकपा र प्रमुख प्रतिपक्षी दलहरुले पनि राजीनामा माग्ने हतारो गर्नु हुँदैन किनकी नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनैतिक आकाशमा नेकपा र उसको नेतृत्वको सरकारको दुर्गति र दुर्गन्धित हुन अझै बाँकी नै छ । अस्तू !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार