सप्तरीका एकै दिन एक महिलासहित तीन संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १९:३९:५०
♠ धीरुभाइ
२० कार्तिक, सप्तरी । सप्तरीमा बिहीबार कोरोना संक्रमणबाट एक महिलासहित तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत एक महिलासहित दुई जना र बिराटनगर स्थित म्याक्स अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिका वार्ड नम्बर २ घरभई हाल राजविराज १ बस्ने २३ वर्षीया महिलाको बिहीबार बिहान ३ः१५ बजेको समयमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेको थियो । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी रहेको बताइएको छ । करिब एकसाता अगाडी नै उक्त रोगको उपचारको लागि प्रतिष्ठानमा भर्ना भएको उने बताए ।
त्यस्तै राजविराज ८ का ६५ वर्षीय पुरूषको पनि बिहान ८ बजे प्रतिष्ठानमै मृत्यु भएको छ । गत १५ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको पुरुषलाई सोही दिन अस्पताल भर्ना भएका थियो ।
स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर बरैका अनुसार महदेवा गाउँपालिका ४ बस्ने ३० वर्षीय एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको छ । बिरानगर स्थित म्याक्स अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । मृतक तीनै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको बताइएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार