धुम्बाराहीमा प्रचण्डले बोलाए सचिवालय बैठक
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १७:४३:५१
२१ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तर्संघर्ष उत्कर्षतर्फ लम्किएकोछ । पछिल्लो साता प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुलिएको विवादले एउटा स्वरुप ग्रहण गर्ने संकेत गरेकोछ । ओली र प्रचण्डबीच हिजैपनि छलफल भयो । तर दुबै नेता आफ्ना पूर्व अडानबाट पछि हटेका छैनन् । अहिले मूलतः पार्टी सचिवालय बैठक डाक्ने प्रस्ताव प्रचण्डले राखेका छन् , तर ओली त्यसलाई ठाडै अवीकार गर्छन् ।
हिजैपनि दुबै अध्यक्षबीच यही विषयमा कुरा मिलेन । त्यसपछि प्रचण्डले अब यही विषयमा कुरा गर्न बालुवाटार नधाउने भन्दै निस्किएका थिए । प्रचण्डलगायत वरिष्ठ नेताहरु झलनाथ खनाल, नेता माधवकुमार नेपाल र वामदेव गौतम तत्कालै सचिवालय बैठक डाकेर समस्याको हल खोज्नुपर्ने पक्षमा छन् । तर ओली भने सचिवालय बैठकबाट आफ्नो राजीनामा माग्ने तयारी भएको भन्दै नबस्ने बरु जस्तोसुकै चुनौतीको सामना गर्ने पक्षमा अडिग छन् ।
हिजैको भेटमा पनि ओलीले प्रचण्डलाई यही संकेत गरेको स्रोतको भनाई छ । ओलीले भनेका थिए– तपार्ईंहरु सचिवालय बैठक डाक्न किन हतारिनुभएको हो, मलाई थाहा छ, मलाई हटाउने निर्णय गर्नु भयो भने म अझै कडा स्टेप चाल्नेछु । तर प्रचण्डले भने तपाईंलाई हटाउने कुनै कुरा नभएको बरु समस्याको हल अब सामुहिक रुपमै निकालौं भन्ने उद्येश्यले मात्रै सचिवालय बैठक डाक्न लागेको दाबी गरेका थिए ।
तर ओलीले सचिवालय बैठक बोलाउन नमानेपछि प्रचण्डले त्यसो भए म सचिवालयका साथीहरुसँग छलफल गरेपछि मात्रै तपाईंसँग भेट्ने छु भन्दै बालुवाटारबाट बाहिरिएको स्रोतले बतायो । सोही बमोजिम आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डले ओलीवाहेकका सचिवालय सदस्यहरुलाई डाकेका छन् ।
यसको जानकारी प्रचण्डले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङमार्फत ओलीलाई दिएका छन् । आज बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेम्बाङलाई प्रचण्डले भने– सचिवालय सदस्यहरुसँग छलफल गरेपछि मात्रै प्रधानमन्त्री ओलीसँग भेट्ने छु । नेम्बाङले दुबै अध्यक्षबीचको सम्बादले नै समस्याको हल पहिल्याउने भन्दै फेरि छलफल थाल्न प्रचण्डलाई आग्रह गरेका थिए ।
हिजो प्रचण्डलगायत नेता नेपालले कोटेश्वरस्थित पूर्व माओवादीको केन्द्रीय कार्यालयमा निकटका केही कानून व्यावसायीहरुसँग भेटी परामर्श गरेका थिए । सो अवसरमा उनीहरुले ओलीलाई सचिवालयले राजीनामा दिन निर्देशन दियो भने ओलीले चाल्न सक्ने स्टेप के हुुन सक्छन् भन्दै जिज्ञाशा राखेका थिए । लगत्तै ओलीले बालुवाटारमा आयोजित मन्त्रिमण्डलको बैठकमा आफूविरुद्ध कोटेश्वरमा षडयन्त्रको तानाबुना बुन्न थालिएको भन्दै त्यसलाई निस्तेज पारिने चेताबनी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
असार २३, २०८१ आइतबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार