ओली बालुवाटारमा, प्रचण्ड धुम्बाराहीमा व्यस्त !
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २१:०:५८
२१ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे । भेटवार्ता औपचारिक थियो । तर राजनीतिक वृत्तमा भने नरवणेको नेपाल भ्रमण रणनीतिक रहेको चर्चा चल्यो । भारतसँग सीमा विवाद बढेका बेला नरवणेको काठमाडौं आगमन सामान्य मात्र नभएको धेरैले अनुमान गरेका छन् ।
उनको भ्रमणको एकसाता अघि भारतीय गुप्तचर निकाय र’अ का प्रमुख सामन्तकुमार गोयलले ओलीसँग गरेको एकान्तवार्ता नेपाली राजनीतिक क्षेत्रमा चासोको विषय रह्यो । लगत्तै नरवणेको भ्रमण र गोयलसँगको भेटबीच गहिरो सम्बन्ध रहेको बुझाई राजनीतिक क्षेत्रमा व्याप्त छ । सतहमा त उनको ओलीसँग गोप्य वार्ता भएको देखिएन, तर साइडलाइन टक भने भएको अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गर्न ओलीको कसरत बढिरहेका बेला यी दुई उच्चपदस्थ पदाधिकारी नेपाल आएका हुन् ।
नरवणे आजै स्वदेश फर्कंदै छन् । नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी ग्रहण गर्न उनी राजधानी आएका हुन् । यो नेपाल र भारतीय सेनाको पुरानो परम्परा हो, तर अहिलेको विषम परिस्थितिमै नरवणे किन आए भन्ने चाहिं महत्वपूर्ण पक्ष हो । नरवणेसँग ओलीको भेट भइरहँदा पार्टीका असन्तुष्ट नेताहरु भने बेग्लै रणनीतिमा जुुटेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी कार्यालयमा सचिवालय सदस्यहरुको अनौपचारिक बैठक डाकेका छन् ।
पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपा भित्र नेताहरुबीच चर्काे विवाद रहेको छ । प्रधानमन्त्री ओली आफूखुसी सरकार चलाउन चाहन्छन् भने अर्का अध्यक्ष प्रचण्डलगायत अधिकांश शीर्ष नेताहरु सत्ता साझेदारी गर्नुपर्ने पक्षमा रहेका छन् । यही विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले पार्टी बैठक नबोलाउने र वहुमतको निर्णयसमेत नमान्ने चेतावनी दिने गरेकाछन् । साथै, आफूलाई घेराबन्दीमा पारेर राजीनामा गर्न वाध्य बनाउन खोजेको भन्दै प्रचण्ड र नेपाल गठबन्धनको सामना गर्ने बताएका छन् ।
ओलीको पछिल्लो अभिव्यक्तिले बिवाद अझै चर्काएको भन्दै नेताहरुले संस्थागत रुपमा गरिने निर्णयलाई मान्नुपर्ने सर्त अघि सारेका छन् । यही मान्यतालाई स्थापित गर्न आजको सचिबालय बैठक डाकिएको स्रोतको भनाई छ । अपरान्ह ३ बजेका लागि तय गरिएको बैठकमा प्रचण्डलगायत नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन् ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीसहित सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने सो बैठकमा सहभागी नहुने जानकारी प्राप्त भएको छ । आजको सचिबालय बैठकले लिने निर्णयको आधारमा ओलीले नयाँ कदम चाल्ने उनी निकट स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार