धुम्बाराहीमा प्रचण्डले बोलाएको सचिवालय बैठक सुरु
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २२:३३:४३
२१ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ ।
सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् । प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए।
बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने उपस्थित छैनन् ।
प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् । गएको कार्तिक १६ को खुमलटार भेलामा भने बादल सहभागी भएका थिए ।
तर, कुनै पनि गुटको बैठकमा सहभागी नहुने भन्दै बादल धुम्बाराही गएनन् । हिजो प्रधानमन्त्रीसँग धुम्बाराहीमा भेला बोलाउने जानकारी प्रचण्डले दिएका थिए । यो धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार