प्रचण्डविरुद्ध सिंहदरबारमा बादल र विष्णुको गोप्य छलफल
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २३:३७:५९
२१ कार्तिक, काठमाडैं। धुम्बाराहीमा प्रचण्ड पक्षका नेताहरुको छलफल चलिरहदा ओली पक्षका नेताहरु सिंहदरबारको गोप्य छलफलमा रहेको पाइएको छ । धुम्बाराहीमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाउँदा सहभागि नभएका गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलबीच सिंहदरबारमा छुट्टै गोप्य छलफल भएको हो ।
छलफलमा पार्टी एकता, आगामी महाधिवेशन र ओली तथा प्रचण्डबीचको विवाद र समाधानका विषयमा कुराकानी भएको थियो । गृह मन्त्रालयमा झन्डै एक घन्टा भन्दा बढी छलफललाई चाँसोका साथ हेरिएको छ । बादल र पौडेल दुवै ओली पक्षका नेता हुन् ।
प्रचण्ड गुटबाट छुट्टिएका बादल पछिल्लो समय ओलीलाई साथ दिदै आएका छन् । पार्टीका मूलभूत विषयमा उनी प्रचण्डसँग नजिक आउने गरेका छन् । अघिपछि उनी ओलीतिर लहसिने गरेका छन् । बादल र विष्णु पौडेल सहभागि नभएपछि प्रचण्ड गुटको भेला पनि त्यति सार्थक नभएको नेकपाकै नेताहरुको टिप्पणी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार