प्रधानमन्त्रीको गृह नगरमा कोरोना अस्पताल खै ?
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १७:६:३३
देशको दुई–दुई पटक प्रधानमन्त्री बनिसकेका वर्तमानमा पनि प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको नामले सर्वत्र चिनिएका नेकपाका नेता हुन । झापा जिल्लाका पूर्व नेता मात्र हैन वर्तमानका दमक लगायत माई पश्चिमको निर्वाचन क्षेत्र नं. ५ लाई आफ्नाे राजनैतिक कार्यथलो बनाएका नेताकै आँगनमा एउटा पनि गतिलो सरकारी अस्पताल छैन भन्दा जो कोहिले पनि जिब्रो निकाल्छन् । तर दमक लगायत माई पश्चिमका बासिन्दाको दर्दनाक अवस्था भनेकै यहि हो जहाँ एउटा पनि राम्रो सरकारी अस्पताल छैन ।
दमक, गौरादह, गौरिगञ्ज, कमल लगायतका नगर तथा गाँउहरुको जनघनत्व कम भएर यहाँ सुबिधा सम्पन्न अस्पताल नबनेको भने हैन । अस्पताल बनाउने भन्दा बढी रकम त यहि सरकारले नेपालकै आईफल टावरको नाम दिईएको भ्यू टावर बनाउन छुट्याई सकेको छ । राम नेपालमै जन्मिएका भन्दै बेमौसमी बाजा बजाउने होलिवाईनका स्वादे जिव्राले मात्र हैन दमककै जग्गा ब्यापारी र ठेकापट्टाका अब्बल बेरोजगारीहरुले दमकमै संसारको अग्लो बुद्धको मुर्ती पनि बनाउदैछन् । तर पनि दमकमा गतिलो अस्पताल बनाउन सकिरहिएको भने छैन ।
दमकमा अहिले झापा जिल्लाकै अत्यधिक कोरोना संक्रमितहरु रहेका छन् । सिंगो झापा जिल्लामा मृत्यू हुने हरुको संख्यामा आधा भन्दा बढी संख्या दमकमै रहेको आँकडा स्वयं सरकारका आधिकारीक समाचार माध्यमहरुले दिईरहेका छन् । तर पनि दुःखका साथ भन्नु पर्छ बिरामी हुँदा दमकमा राम्रो उपचार नै पाँईदैन अनि दमकमा खोलिएका निजि क्षेत्रका महंगा अस्पतालमा केहि दिनको खर्च ब्यहोरेर छिमेकी जिल्ला तर्फ लाग्नु पर्छ ।
दमकमा निजि क्षेत्रबाट सञ्चालित अस्पतालहरुले लिने उच्च शुल्क तिर्न पनि आम नागरिकलाई धौं धौं परिरहेको छ । महंगा अस्पतालमा उपचार गराउन बाध्य हुनु भन्दा मोरंग र सुनसरीका सरकारी अस्पतालमा उपचार गराउन जानु दमक तथा आसपासका बिरामीहरुको बाध्यता नै बनेको छ । दमकमा निजि अस्पतालहरुको बाहुल्यता भए पनि नीजि अस्पतालहरुले कोरोना संक्रमित बिरामीहरुको उपचार नै गर्दैनन् भन्ने ब्यापक जन गुनासो रहदै आएको छ ।
प्रधानमन्त्रीको भाषणबाटै अघाउने हो भने उनले सबै नेपाली अघाउने गरी भाषणमा समृद्धि ल्याईसकेका छन् । देशलाई सिंगापुर र स्विट्जरल्याण्ड बनाई सकेका छन् तर उनको भाषणमा देश बिकास र नागरिकको ओठमा खुसी ल्याउने कुनै दर्बिलो उदाहरण पस्कन सकेको छैन । उनकै भाषा सापट लिने हो भने पनि अब कोहि पनि नेपाली बेरोजगार हुदैनन्, गोजिमा सुको पैसा नभएको त कुनै नेपाली हुँदै हुदैनन् यदि गोजिमा सुको पैसा भएन भने अतिअलि पैसा त अब सरकारले नै हालिदिन्छ, अब यो देशमा कुनै पनि नेपाली भोकै बस्नु पर्दैन, किनकी यो देशमा अब जनताको सरकार छ, अब कुनै पनि नेपाली उपचार नपाएर मर्नु पर्ने छैन । तर यो दमक त्यहि ठाँउ हो जहाँबाट प्रधानमन्त्री के.पी. शमां ओलीले जितेर जानुभएको थियो जहाँ अहिले नागरिक कोहि औषधि उपचार नपाएर झुण्डिएर मर्न बाध्य छन् भने कोहि उपचारै नपाएर बिच सडकमा त कोहि बसीरहेको पसलमा मर्न बाध्य भैरहेका छन् ।
दमकमा अहिलेसम्म कोरोना कै कारण २० जनाभन्दा बढी नागरिकको मृत्यू भैसकेको छ । दमक लगायत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने कमल, गौरिगञ्ज, गौरादह लगायत माई पश्चिमका स्थानीय नागरिकहरु कोहि धरान र बिराटनगरमा गएर महंगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् भने कोहि सरकारी अस्पतालमा बेड नपाएर कोरोना संक्रमितहरु घरमै मृत्यू कुर्न समेत बाध्य भैरहेका छन् ।
दमकमा निजि क्षेत्रबाट सञ्चालित अस्पताहरुको भने कमी छैन । दमकमा लाईफलाईन अस्पताल, ओम मेची अस्पताल, एडभान्स हस्पिटल, दमक अस्पताल, निम्स नेशनल अस्पताल, नमस्ते पब्लिक अस्पताल, म्याक्स, दमक हस्पिटल एण्ड रिसर्च सेण्टर लगायतका अस्पतालहरु छन् तर यि अस्पतालहरुहरुमा कोरोनाको संक्रमण देखिएका या कोरोना रोगले आक्रान्त भई अस्पतालमै बसेर उपचार गराउनु पर्ने अवस्था आएमा कुनै उपचार कक्ष नभएको स्थानी नागरिकहरु बताउँछन् । यसले सरकारको ध्यान नागरिकको स्वास्थ्यमा अझै पनि पर्न सकेको देखिदैन भन्ने कुरालाई पुष्टि गर्दछ ।
भएका अस्पतालहरुमा पनि गुणस्तरीय भेण्टिलेटर, सिटिस्क्यान, एमआरआई जस्ता सुबिधाहरु उपलब्ध छैनन् । निजि क्षेत्रबाट सञ्चालन गरिएका खर्चिला अस्पतालहरुमा माथि उल्लेखित शेवा र सुबिधाहरु उपलब्ध गराउन दमकको स्थानीय सरकारले भने अहिलेसम्म पनि कुनै तदारुकता देखाउन सकिरहेको छैन भनी स्थानीय दमकबासीहरुले गुनासो पोख्न थालेका छन् । मानिसहरुको मृत्यू दर बढेसँगै स्थानीय सरकारले दिउसो ४ बजेदेखि बिहान ८ बजेसम्म निशेषाज्ञा जारी गरे पनि दमक बजारमा नागरिकहरुको भिडभाड अझै पनि कमी आउन सकेको छैन । यसका लागि दमकमा रहेका राजनैतिक दलहरु पनि गम्भिर हुन नसकेको आम नागरिकहरुको गुनासो सुनिन्छ ।
हालसम्म दमकमा मात्रै २० जना, गौरादहमा ५ जना, गौरिगञ्जमा १ जना र कमल गाँउ पालिकामा ४ जना गरि ३० जनाले कोरोना रोगका कारण आफ्नो ज्यान गुमाई सकेका छन् । जनसंख्या र क्षेत्रफलको हिसाबले दमक भन्दा निकै सानो रहेको कमल गाउँ पालिकाले भने पाँच शैयाको कोरोनाअस्पताल निर्माण गरि गत भदौ देखि नै सञ्चालनमा ल्याईसकेको छ । अस्पताल सञ्चालन गरि रहेको भएता पनि उक्त अस्पतालमा पनि आईसियू बेड भने अहिलेसम्म पनि ब्यवस्था गर्न सकिएको छैन । दमक नगर पालिकाले बनाउन थालेको ३० शैयाको कोरोना अस्पताले भने कहिले देखि सञ्चालनमा आउने हो ? कसले कसरी कुन मापदण्डका आधारमा सर्वशुलभ उपचार पाउने हुन ? कुनै अत्तोपत्तो देखिदैन । अन्य क्षेत्रमा करोडौं रकम खन्याउन लालायित देखिएको प्रदेश सरकार पनि दमकमा कोरोना अस्पताल बनाउन भने कुनै सकृयता नदेखाएको स्वयं सरकार सम्बद्ध राजनैतिक दलका दमकका नेताहरुले बताउने गरेका छन् ।
कुनै उल्लेखनिय उपलब्धि नदेखिने भ्यू टावरका लागि १ अर्ब ५५ करोड खर्चिन सक्ने केन्द्र सरकार, विश्व कै अग्लो बुद्धको मुर्ति बनाउन १५ अर्ब ७५ करोडको लगानीमा बनाउन सक्ने सरकार, सभागृह बनाउन २८ करोड ४० लाख खर्चिन सक्ने सरकारले, औधोगिक करिडोर बनाउन ६४ अर्ब लगानी गर्न सक्ने सरकारले(जम्मा ३ खर्ब ३३ अर्बको योजना) नागरिकको जिवन रक्षाको लागि अस्पताल बनाउन भने किन कन्जुष्याँई गरेको होला ?? यस बिषयमा भने दमक तथा सिंगो झापाबासीहरुको गुनासो रहदै आईरहेको छ ।
माथिका कुराहरुको तथ्थ्यांकहरुलाई शुक्ष्म अध्ययन गर्ने हो भने स्वयं प्रधानमन्त्री पनि दमकको नागरिकको जनजीविकाका बिषयमा भन्दा पनि स्थानीय राजनैतिक नेता तथा ब्यापारिक र ठेकेदारहरुको ब्यक्तिगत लाभमा मात्रै कृयाशिल रहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
शासक, प्रशासकहरू किन चुकिरहन्छन् देशलाई अप्ठ्यारो पर्दा ?
असोज १७, २०८१ बिहिबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार