कुमाल समुदाय : पाला बनाउने, सुकाउने र पोलेर तयार बनाउन व्यस्त
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १६:२२:५१
२२ कार्तिक, भादगाउँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ ।
बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन एक साता पनि समय छैन । अबको दुई या तीन दिनभित्र माग अनुसारको पाला दिन नसके बनाएको व्यर्थ हुन्छ”, भक्तपुरको पोटरी स्क्वायरले परिचित तालक्वका रामप्रसाद प्रजापतिले भने ।
उनका अनुसार अचेल तालक्वका कुमाल समुदायका प्रजापतिको दिनचर्या नै पाला तयार गर्नेमा नै बित्ने गरेको छ । तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाती राखेका छन । तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखेको रामप्रसादले बताए । “बिहान सबेरै उठ्यो, अघिल्लो दिन नै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने फुर्सद छैन,” उनले भने ।
पालाको माग धान्न सो परिवारका महिला पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला तयारीमा जुट्ने गरेका छन । यसवर्ष कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेका कारण र्फुसदमा रहेका केटाकेटीहरु बुबा आमाको काममा सहयोग गर्न तल्लिन देखिन्छन । अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमालले अन्य भाडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् । तिहार विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व पनि भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ ।
तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा बत्ती बाल्नकै लागि विद्युतको माग समेत उच्च हुने गरेको छ ।
तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियोसमेत बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् । केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारीहरु बताउँछन । “विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो,” रामप्रसादले भने ।
कुमालहरुले तयार भएको पाला थोक व्यापारीलाई बिक्री गर्ने गरेको जानकारी दिए । थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेको रामप्रसादले बताए । क्तपुरको पाला काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार