नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार १८:२४:२८
२३ कार्तिक, काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।
भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।
डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् । निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।
भिडियो सार्वजनिक गरेपछि गायिका खुसीले भनिन्, ‘यो गीतप्रति निकै आशावादी छु ।’ सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि थुप्रै चर्चित गीत श्रोता तथा दर्शकमाझ आइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार