ओलीका सामुन्ने गलित क्रान्तिकारी प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार १८:५२:१४
२३ कार्तिक, काठमाडौं । वाम राजनीतिको केन्द्रमा रहेका पुुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक जीवन भने उतारचढावपूर्ण रहेको छ ।मूलधारको राजनीतिमा आएपछि प्रचण्ड सधैं चर्चाको केन्द्रीय भागमा रहे । तर, विगत हेर्ने हो भने प्रचण्ड रानो भएर बसे । खासगरी माओवादी सशस्त्र द्वन्द्वका बेला प्रचण्डकै वरिपरि सबै घुमेको देखिन्छ । युद्धताका प्रचण्ड यति शक्तिशाली थिए की उनले चाहेको मात्रै पार्टीमा हुने गथ्र्याे । उनीसँग विमती राख्नेहरु कि त खरानी हुन्थे, नत्र विरोध गर्न छाड्थे ।
परिस्थितिले उनी आफ्नै राजनीतिक गुरु मोहन वैद्यका समेत नेता बने । डा. बाबुराम भट्टराईसँग उनको विमती हुँदा परिस्थिति जटिल बनेको थियो । विवाद मिल्न नसक्दा डा. भट्टराई सपत्नी बन्दी बनेर रहनुप¥यो । अन्ततः प्रचण्ड र डा. भट्टराईबीच सहमती जुट्यो । त्यसपछि भने नेकपा माओवादी मूलधारको राजनीतिमा आउन अग्रसर भयो ।
युद्धकालभरि उनी सबैको नेता थिए । वैद्य मात्र होइन, अहिले कुरा नमिलेका विप्लबलगायत नेताहरु प्रचण्डकै वरिपरि घुम्थे । तर मूलधारको राजनीतिमा आएपछि भने प्रचण्डको राजनीति उतारचढावपूर्ण रह्यो । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँगको विश्वासमा प्रचण्डले राजनीतिक क्षितिजमा ठूलै छलाङ मारे । तर टापटिपे र धोखाधडीपूर्ण राजनीति गर्न माहिर प्रचण्डले उनै गिरिजाप्रसादलाई नराम्रो धोका दिए । राष्ट्रपति बनाउने आश्वासन दिएर उनले कोइरालालाई आफू अनुकल बनाए । तर, ऐन मौकामा धोका दिए । त्यसपछि प्रचण्डको राजनीति छलछाम र खिचातानीमै रुमल्लियो ।
अनुकुल वातावरण बनाउन माहिर प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन गरेर धेरै प्राप्ति ग¥यो । राजनीतिक क्षितिजबाट बिलिन हुन लागिसकेका बेला कांग्रेससँग सत्ता गठबन्धन गरेर स्थानीय निकायको निर्वाचनमा प्रचण्डले लाज जोगाए । तर उनको स्वभाव अनुसार उनी कांग्रेससँग लामो समय टिकेनन् । सरकारमा कांग्रेससँगै बस्ने तर संसदीय निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्ने विचित्रको राजनीतिक चरित्र उनले देखाए ।
उनको यस्तै सोच र अवधारणाबाट आजित भएका वैद्य, डा. भट्टराई , विप्लव लगायत धेरै नेताले साथ छाडिसकेका थिए । तर प्रचण्डले आफ्नो स्वभाव अनुसारै तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन मात्रै बनाएनन्, लगभग नेकपा माओवादी केन्द्रलाई विलिन नै गराए । तिनताक यस्तो अप्रिय निर्णय लिनु प्रचण्डको राजनीतिक बाध्यता थियो ।
न त उनीहरु देखिन्छन्, न सुनिन्छन् । प्रचण्डको आडभरोसामा धेरैले धेरै चीज प्राप्त गरे । गृहमन्त्री पदमा रहेका रामबहादुर थापा ‘बादल’ त प्रचण्डबाट पाउनेमा सबैभन्दा भाग्यमानी हुन् । सचिवालय सदस्य बनाउनेदेखि गृहमन्त्री बनाउनसम्म उनीमाथि प्रचण्डको कृपा रह्यो । तर प्रचण्ड अफ्ठेरोमा परेका बेला उनी मौन बस्छन् । अझ भनौं ओलीलाई बल पुग्ने गरी काम गरिदिन्छन् ।
समयकाल परिस्थिति फेरियो । तर, प्रचण्ड फेरिएनन् । आफ्नो पुरानै शैली र स्वभाव अनुसार प्रचण्डले चुनाव अगावै ओलीसँग लिखत गराएका थिए । प्रधानमन्त्री पद आधा–आधा खाने । सुरुमा ओलीले चलाउने, पछिल्लो चरण प्रचण्डको नेतृत्वको सरकार बनाएर चुनाव गराउने सहमति बन्यो । लिखित रुपमै सहीछाप गराए प्रचण्डले । तर, प्रधानमन्त्री पद पाइसकेपछि ओलीको मनमा पनि पाप पस्यो । किन दिने प्रचण्डलाई ? त्यसैले उनले प्रचण्डकै शैलीमा धोकाधडीको राजनीति गर्ने निधो गरे ।
०७५ मंसिर ४ गते ओलीले प्रचण्डसँग अर्काे सहमति गरे । प्रतिनिधिसभाको पूरै कार्यकाल ओली प्रधानमन्त्री रहने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिने । तर प्रचण्डको ध्याउन्न भने कार्यकारी अध्यक्षसँगै राजकीय सत्तामासमेत थियो । त्यसैले ओलीसँग हरेक नियुक्तिमा भागबण्डा खोज्न थाले । ओलीपनि आफ्नै गुट बलियो बनाउन चाहन्थे । त्यसैले एकलौटी गर्न थाले । यही विषयमा पार्टीभित्र रडाको मच्चियो । ओलीको मनपरीलाई निस्तेज पार्न पार्टी भित्रको स्थायी सत्रु समूहले प्रचण्डको महत्वाकांक्षामार्फत खेल्ने मौका पायो । त्यसरी चर्किएको विवाद अहिले उत्कर्षमा पुगेको छ । उस्तै परे अब यो पार्टी सग्लो रहने अवस्था देखिंदैन । विभाजन भएन भने अनौठो मान्नुपर्ने हुन्छ ।
तर, प्रचण्ड भने आफ्नो राजनीतिक इतिहासमा फेरि अर्काे भुमरीमा फसेका छन् । उनी एकोहोरो लडिरहेका छन् । ओली र माधव नेपाललाई साथ सहयोग गर्नेहरु मुखर भएर प्रस्तुत भइरहेका छन् । तर प्रचण्डका निकटवर्तीहरु भने कता पसे थाहा छैन । न त उनीहरु देखिन्छन्, न सुनिन्छन् । प्रचण्डको आडभरोसामा धेरैले धेरै चीज प्राप्त गरे । गृहमन्त्री पदमा रहेका रामबहादुर थापा ‘बादल’ त प्रचण्डबाट पाउनेमा सबैभन्दा भाग्यमानी हुन् । सचिवालय सदस्य बनाउनेदेखि गृहमन्त्री बनाउनसम्म उनीमाथि प्रचण्डको कृपा रह्यो । तर प्रचण्ड अफ्ठेरोमा परेका बेला उनी मौन बस्छन् । अझ भनौं ओलीलाई बल पुग्ने गरी काम गरिदिन्छन् ।
प्रचण्डलाई ओलीले आफ्नो बाटो लाग भनिसके । तर उनी निरीह छन् । नेकपाबाट अलग भएर जाने अवस्था उनको छैन । लाख अपमान सहेर भएपनि उनी ओलीका अघिल्तिर रुझेको बिरालो बन्ने नियति भोगिरहेका छन् । धन्न ओलीका पुराना विरोधी माधव नेपाल र झलनाथ खनालले उनलाई सान्त्वना दिएका छन् । नारायणकाजी श्रेष्ठले भने अहिलेसम्म धर्म छाडेका छैनन् । नत्र आफ्ना भनाउँदा त यतिबेला केवल रमिते बनेका छन् । तल्ला तहका कार्यकर्ता भने सामाजिक सञ्जालमार्फत ओली प्रवृत्तिसँग सकी नसकी भिडिरहेका छन् ।
प्रचण्डलाई उकासेर होस् वा फकाएर पद र प्रतिष्ठा पाउने धेरै छन् । अहिले मन्त्री बनेका हुन् वा राजनीतिक नियुक्ति पाएका हुन् सबै निस्प्राण भएका छन् । ओली प्रवृत्तिको डटेर सामना गर्न त्यो जुझारुपन र क्रान्तिकारिता कता हरायो ? सबै केही झर्ला र खाउँला भन्ने ध्याउन्नमै मस्त देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार