चुरोट खाँदै गर्दा ‘हेपेको’ भन्दै खुकुरी प्रहार गरी साथीको हत्या !
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार १८:५१:३८
२३ कार्तिक, मकवानपुर । समाजमा पछिल्लो समय अपराधका घटना दिनप्रति दिन बढ्दै गइरहेका छन् । चाहे त्यो समुदायमा होस अथवा घरपरिवारका सदस्यबिच होस जहाँ पनि अपराध बढिरहेका छन् । यस्तै भएको छ मकवानपुरमा पनि, दुई साथीबीच सामान्य कुराकानी हुँदै गर्दा यसले विवादको मोड लिएपछि आफ्नै साथीलाई खुकुरी प्रहार गरि साथीले नै हत्या गरेका छन् ।
जिल्लाको बकैया गाउँपालिका-४ नयाँदमार बस्ने २० वर्षीय विकास वाईवाको कार्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए ।
उनलाई आफ्नै ‘साथी’ले हत्या गरेका थिए। हत्या गर्ने व्यक्ति २० वर्षीय शंकर भन्ने भीमराज भोलन रहेको प्रहरीको भनाइ छ। उनले आफ्ना साथीमाथि पटक-पटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शंकरले खुकुरी प्रहार गरी विकासको घाँटीसमेत छिनालिदिएको प्रहरीले जनाएको छ।
घटना पश्चात् फरार भीमराजलाई व्यापक रुपमा खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका-२ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भिमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार