चाडपर्व नजिकिएसँगै कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २०:१२:२७
२३ कार्तिक, इनरुवा । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।
नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिका रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरु बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ ।
आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ ।
वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
बागमतीसहित यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
असार १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार