अब प्रदेश १ मा कोरोना उपचार निः शुल्क गरिने
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २०:२३:५७
२३ कार्तिक, मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ ।
प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका संक्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए ।
उनले सङ्घीय , प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए । उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यया सहयोग गरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार