अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु: बाइडेन

नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २२:१९:३०

२३ कार्तिक, वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन ।
बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत सहित कूल २७३ मत प्राप्त गरेसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ ।गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित भएका हुन । अन्य राज्यहरु जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।
बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गरेका छन्र । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलो पटक हो । राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आउनु भएको छ । उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरेका छन् ।
राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भएकी छन् । उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन उनी अफ्रिकी– दक्षिण एसियाली–अमेरिकी मूलकी छिन् । राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।”उनले भने, “हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।”
कोरोनाभाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ ।डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताएका थिए । उनले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताएका थिए ।
तर राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकारेका छैन ।उनले आफूले कानुनी चुनौती दिने बताएका छन् । तर यस्तो चुनौतीका बारेमा प्रष्ट भइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार