बाइडेनको कार्यकालमा नेपाल र अमेरिका बीचको दौत्य सम्बन्ध थप उचाई पुग्ने राणाकाे विश्वास
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २३:२:४५
२३ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष पशुपति शम्शेर राणाले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनको कार्यकालमा नेपाल र अमेरिका बीचको दौत्य सम्बन्ध थप उचाई लिने विश्वास व्यक्त गरेका छन् ।
राप्रपाका अध्यक्ष राणाले चिरस्मरणीय राष्ट्रपति निर्वाचन सम्पन्न भएको सन्दर्भमा अमेरिकी जनतालाई शान्ति र समृद्धिको शुभकामना दिएका छन् । निर्वाचनको क्रममा जो बाइडेन राष्ट्रपति र कमला ह्यारीस उपराष्ट्रपति निर्वाचित भएका छन् ।
आइतबार जारी शुभकामना सन्देशमा राप्रपा अध्यक्ष राणाले भने, ‘पुनः अर्को चिरस्मरणीय निर्वाचनका लागि अमेरिकी जनतालाई शान्ति, समृद्धि र हार्दिक शुभकामना । जो बाइडेन र कमला ह्यारीस ४६ औं राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई शुभकामना ।’
राणाले ट्वीट गर्दै भने, ‘मलाई आशा र विश्वास छ, उहाँहरूको भूमिकाले नेपाल–अमेरिकी दौत्य सम्बन्धले थप उचाई ग्रहण गर्नेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार