प्रधानमन्त्री भन्छन, मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेकाे छ !
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २३:३३:३९
२३ कार्तिक, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको बताएका छन् । आइतबार दिउँसो बालुवाटारमा भएको नेकपा अर्का नेता माधव नेपालसँगको भेटमा ओलीले
आइतबार दिउँसो बालुवाटारमा भएको नेकपा अर्का नेता माधव नेपालसँगको भेटमा ओलीले मिर्गौला प्रत्यारोपणपछि जोश बढ्नुका साथै फुलेका जुँगा कालो हुन थालेको बताएका छन् ।
प्रधानमन्त्री र नेताहरूबीच बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । भेटमा नेता नेपालसँग ओलीले सहकार्यको प्रस्ताव राखेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका बालुवाटार बाेलाएका हुन ।
प्रधानमन्त्रीले भेटका लागी बाेलाएपछि नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।
उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गरेका छन् । भेटमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले छलफल लामै भएपनि ठोस निर्णय भने नभएकाे बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार