पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण, पर्यटकलाई सहज

नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १८:४:३९

२४ कार्तिक, तम्घास । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर बाटोमा सिँढी निर्माण गरिएको हो ।
पोखरीदेखि यज्ञशालासम्म जाने सिँढीका लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोटबाट रु ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ । यज्ञशालासम्मको सिँढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ बनाइएको छ । प्रत्येक रेलिङको लाइनमा तीनवटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रत्येक सिढीँको उचाइ छ इन्च र चौडाइ १४ इन्च रहेको छ । सिँढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिँढीको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टिको किनारमा दृश्यावलोकन स्तम्भसम्म नै फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको भण्डारीले बताए।
सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । “पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिँढी बनेपछि चिटिक्क भएछ”, छ वर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भने, “अब रेसुङ्गासम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।” तीन वर्षअघि गुल्मी उद्योग वाणिज्य सङ्घले रु १७ लाख ५० हजारको लागतमा सिँढी निर्माण कार्य शुरु गरेको थियो ।
त्यसपछि आर्थिक वर्ष ०७५÷७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट रु ९५ लाख विनियोजन भयो । गत आवमा पनि रु ८० लाख विनियोजन भएको थियो । सरकारी लागत अनुमानअनुसार उक्त सिँढीको कुल लागत रु दुई करोड ५० लाख हो तर उपभोक्ता समितिमार्फत काम गर्दा रु कुल एक करोड ९२ लाख ५० हजारमा काम सकिएको निर्माण समितिका सचिव वीरेन्द्र भुसालले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार