सगरमाथा आरोहण गर्नेहरूमा समर्पित गीत विश्वभरी अमर बनेका छन्
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १८:४१:३
२४ कार्तिक, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
विश्वभरी अमर बनेका छन् सगरमाथा आरोहीहरू
सगरमाथा शीरमा सबैभन्दा पहिले पुगी
सुनौलो इतिहास रचीगएका छन्
तेन्जीङ् नोर्गे शेर्पा एडमन्ड हिलारी !!!
सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । डा। उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।
उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् ।
त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार