नेपाल विद्युत प्राधिकरणमा शाक्यलाई बनाइयो निमित्त सीईओ
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १८:५४:१०
२४ कार्तिक, काठमाडौं । कुनै बेला नेपाली जनजीवनको अभिन्न हिस्सा बनेको लोडसेङिलाई एकादेशको कथामा परिणत गर्न सफल कुलमान घिसिङको लोकप्रियताबाट दुईतिहाईको वाम सरकार त्रस्त बन्यो । त्यसैले प्रधानमन्त्री केपी ओलीले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा दोस्रो कार्यकालका लागि सिफारिश गर्न नै दिएनन् ।
उर्जा मन्त्री वर्षामान पुनले मन्त्रिपरिषदमा घिसिङको कार्यकाल थप्न प्रस्ताव त लगे , तर ओलीले यसबारे कुरै गर्न चाहेनन् । सरकारले सबै काम गर्ने अनि त्यसको जश चाहिं उनले लिने – ओलीको आक्रोश यस्तो थियो । त्यसपछि ओलीको चलखेल अर्कैतिर बढ्यो । अब वहुचर्चित अमेरिकन च्यालेञ्ज कर्पाेरेशन अर्थात एमसीसी आयोजनामार्फत विद्युत् प्रशारण लाइन निर्माण गर्न आतुरी छ ।
यसमा उनले राम्रै आर्थिक चलखेल हुने भेउ पाएका छन् । त्यसैले ओली चाहन्थे यो आयोजनाको निर्माण आफ्नै निकट कार्यकारी प्रमुखको खटनपटनमा होस् । लामो समय यसका लागि ओलीले गृहकार्य गरे । अन्त्यमा उनी यो कामको जिम्मेवारी आफ्नै सालो नाता पर्ने प्राधिकरणकै उच्च पदस्थ एक कर्मचारीलाई दिने निधोमा पुगे । सोही बमोजिम हितेन्द्रदेव शाक्यलाई आजबाट प्राधिकरणको निमित्त कार्यकारी प्रमुख बनाइएको छ ।
हिजै मात्र उनको काज फिर्ता गरिएको छ । अब उनी सबैभन्दा वरिष्ठ कर्मचारी भएको नाताले निमित्तको जिम्मेवारी दिइएको उर्जा मन्त्रालयले जनाएको छ । यसअघि लेखनाथ कोइरालाले उक्त जिम्मेवारी पाएका थिए । कोइराला भन्दा कमिसनको खेल शाक्यमार्फत गर्न सहज हुने सेटिङ मिलाएर ल्याइएको छ । अब उनलाई नै पूर्णकालिन सिइओ बनाउने योजना ओलीको रहेको दाबी मन्त्रालय स्रोतको रहेको छ ।
शाक्यलाई एइए इञ्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार