देवघाट : एउटै शवको अन्त्येष्टि गर्न चार सय जना मलामी, स्थानीयवासी त्रसित !
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार २०:३४:५४
२४ कार्तिक, चितवन । कोरोना संक्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् ।
देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्था गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन् । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो । उनले भने “दिउँसो २ बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जाम समेत भएको थियो ।”
मलामीको सङ्ख्या अत्यधिक बढेपछि स्वयं सहभागी र स्थानीयवासीसहित अन्य पनि त्रसित भएको उनको भनाइ छ । पौडेलले भने, “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउन आग्रह गरिरहेका छौंँ । तर कसैले पनि टेरेको देखिएन ।” मलामी दुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक र कारवाही व्यवहारिक नहुने भन्दै उनले स्वयं मलामीमा जानेहरुले बुझिदिनुपर्ने बताए ।
देवघाटमा वृद्धवृद्धा, अशक्त, अपाङ्गजस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिको बसोबास रहेको क्षेत्र भएकाले सकभर कम भन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । उनका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माइकिङ गरिएको छ । सामाजिक सञ्जाललगायत माध्यमको प्रयोग गरी सूचनासमेत जारी भइरहेको छ ।
धेरै मलामी जाने र उनीहरु देवघाटको पुल, वृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उनको भनाइ छ । घिमिरेले भने, “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानूनी कारवाही भन्दा पनि स्वयंले विवेक पु¥याउनुपर्ने विषय हो ।”
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पटक–पटक सूचना जारी गरेर अनुरोध गर्ने काम भइरहेको बताए । स्थानीय प्रशासनले छिट्टै मलामी जानेकाहरुका लागि मात्रै नयाँ नियम लागू गराउने उनले जानकारी दिए । अन्तिम श्रद्धाञ्जलिका लागि सहभागी हुन धेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भइदिनुपर्ने शर्माको भनाइ छ ।
देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्षप्राप्ति हुने जनविश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार