बजार प्रतिरोध क्षेत्रमा पुग्दा पनि शेयरबजारमा चलहपहल बढ्नुको यस्तो छ कारण ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
कात्तिक २४, २०७७ सोमबार २२:१८:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-3_liVdjSqr2U.png)
२४ कार्तिक, काठमाडाैं । साताको दोश्रो कारोवार दिन नेपाल पुनर्बीमा कम्पनीले गर्दा शेयरबजारमा अत्याधिक चहलपहल देखिएको छ । आज नेप्से परिसूचक ४ दशमलव २२ अंकले वृद्धि हुँदै १६५२ दशमलव ८० को विन्दुमा बन्द भएको छ ।
आज १९५ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ६९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव २६ प्रतिशतले वृद्धि भएको छ । बजार १६४८ दशमलव ७५ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६६१ दशमलव ३२ नै रहेको छ। आज बजारले १६४८ दशमलव ७५ को न्यून विन्दु समातेको थियो । नेपाल पुनर्बीमा कम्पनीको आज अत्याधिक कारोवार भएको छ। पुनर्बीमाको मात्र ५५ करोड माथिको शेयर कारोवार भएको छ।
बजार आज १६६१ को विन्दुबाट फर्किएको छ । वाणिज्य बैंक उपसुचकमा गिरावट आउँदा पनि नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य ८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको कारणले गर्दा सम्पूर्ण नेप्से परिसूचकलाई नै टेवा पुगेको थियो । नेपाल पुनर्बीमाले गर्दा बजारलाई टेवा पुगे पनि बजार अहिले प्रतिरोध क्षेत्रमा रहेको छ। आज पनि उक्त प्रतिरोध क्षेत्रलाई तोड्न बजार असफल भएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार