दिल्ली हाइकोर्टले माग्यो सलमान अमिरलगायतको रिटमा २ टिभीसँग लिखित जवाफ
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार १:५३:१२
२४ कार्तिक, नयाँदिल्ली । फिल्म क्षेत्रका सदस्यमाथि मिडिया ट्रायल गरेको आरोपमा मुद्दा परेपछि दिल्ली हाइकोर्टले टाइम्स नाउ र रिपब्लिक टिभीसँग लिखित जवाफ माग गरेको छ।
बलिउड फिल्म निर्माता र अभिनेताहरूले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार दिल्ली हाइकोर्टले रिपब्लिक टिभी र टाइम्स नाउसँग लिखित जवाफ पेस गर्न आदेश गरेको हो।
अभिनेताहरू शाहरुख खान, अमिर खान, सलमान खान र करण जोहरलगायतले यी दुई टिभीले मिडिया ट्रायल गरेको भन्दै हाइकोर्टमा रिट निवेदन दायर गरेका थिए। उनीहरुले बलिउडका कलाकारमाथि अपमानजनक र साम्प्रदायिक टिप्पणी गरेको आरोप लगाउँदै अदालत पुगेका थिए।
रिपब्लिक र टाइम्स नाउ टिभीले मीडिया ट्रायल गरेकोले यो कार्य आगामी दिनमा रोक्न र यस्तो गर्नेलाई कारबाही गर्न उनीहरुको निवेदनमा माग गरिएको थियो।
न्यायाधीश राजीव शकधरको इजलासले मिडिया कम्पनीहरुलाई कसैको पनि मानहानी हुने सामग्री प्रकाशन र प्रशारण गर्ने छुट नभएकाले मिडिया ट्रायलका विषयमा लिखित जवाफ दिन र आगामी दिनमा त्यस्तो कार्य नगर्ने सुनिश्चितताबारे जवाफ दिन भनेको छ। यस्ता सामग्री सामाजिक सञ्जालमा अपलोड नहुने कुराको ग्यारेन्टी गर्नसमेत अदालतले भनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार