प्रचण्ड बाघ हो ! स्यालहुँईयाहरुको जमातबाट तर्सिदैन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २०:३१:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/puspa-kamal-dahal_h7KQYQrS1h.jpg)
नेपाली राजनीतिको चर्चामा सधैं रहिरहने नाम हो पुष्पकमल दाहाल-प्रचण्ड । उनी हिजो पनि नेपाली राजनीतिको चर्चाको शिखरमा थिए र आज पनि छन् । जसले जुन अर्थमा लिएर छलफलको बिषय बनाए पनि प्रचण्ड वर्तमान राजनीतिक परिवर्तनका एक अग्रणी तथा मुर्धन्य व्यक्तित्व हुन । जसले एकपटक तमाम नेपालीलाई व्यवस्था परिवर्तनको आन्दोलनमा होमिन अग्रसर बनाए ।
जसले चलाएको राजनीतिक परिवर्तनको आन्दोलनले सिंगो सरकारसँग प्रतिकार गर्न सक्षम भयो । जसमा हजारौं नेपाली नरनारीले आफ्नाे जीवनसमेत उत्सर्ग गर्न पुगे । सिंगो व्यवस्था त्राहीमाम भयो । अहिलेका राजनीतिक दलका नेता हौं भनेर हूँकार पोख्ने लाक्षीहरुको समेत भाले सातो गयो । मुलुकमा यूगौंदेखि जरा गाडेर बसेको राजसंस्था मात्र उखेलिएन सिंगो व्यवस्था परिवर्तन भयो ।
राज्यसत्तासँगको लडाँईमा भरुवा बन्दूक र भाला तरवारले लड्न सकिन्छ भन्ने साहस र हिम्मतलाई भने एक अर्थमा सलाम गर्नैपर्छ । नेपाली नागरिकहरु सधैं अभाव र भोकमरीको चपेटामा रहदै आएका छन् । अभावमा रहेका नागरिकलाई सजिलै आश्वासनको पोका बाँड्न सकिने अनुमानले हो या साँच्चै मुलुकको भोक, रोग, अशिक्षा, पछ्यौटेपन र गरिबीसँग लडछु भनेर हो ? प्रचण्डले २०५२ सालमा राजनीतिमा एउटा साहसिक कदम उठाए ।
जनताका जनजीविकाका सवालमा, देशको गरिवी र पछ्यौटेपनका सवालमा, नागरिकका अधिकार स्थापित गर्ने सवालमा, सम्पन्नता र विपन्नताको बीचको खाडल पुर्ने सवालमा, विकासका पूर्वाधारहरुले काठमाडौं र जुम्ला जोडने सवालमा, देशबाट भोकमरी सदाका लागि निमिट्यान्न पार्ने सवालमा, देशभित्रै रोजगारी सृजना गरि तमाम बेरोजगार युवा जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउने सवालमा अझ कति कति जनताका प्रत्यक्ष सरोकार राख्ने सवालहरुमा उनले र उनको नेतृत्वमा रहेको तत्कालिन नेकपा माओवादी पार्टीले उठाएका नागरिकका दबेका आवाजहरु थिए ।
यिनै दबेका आवाजहरु उठाउन पनि, देशमा सभ्रान्त वर्ग मात्र हैन अति विपन्न र गरिब, दलित, पिछडावर्ग, अल्पसंख्यक नागरिकहरुले आफ्ना हक अधिकार स्थापित हुने विश्वासमा आन्दोलनमा साथ दिए । आन्दोलनले साकार रुप पायो, देशमा गणतन्त्र आयो ।
बयलगाडा चढने औकात नभएकाहरुलाई बालुवाटारको ढोका खोलिदिने तिनै दानविर प्रचण्डप्रति वर्तमानको बालुवाटारको अस्थायी बासिन्दाको एकोहोरो झम्ट्याईले प्रचण्ड कत्ति पनि बिचलित हुनुपर्ने आवश्यकता म चाहिँ देख्दिन । यस्ता चार पैसामा आफ्नाे हैसियत बिर्सनेहरुका पक्षमा म कहिल्यै पनि आफ्ना हातहरुले समर्थनमा समाचार लेख्दिन । प्रचण्ड बाघ हो, स्यालका हुँईयाहरुको जमातबाट तर्सिदैन ।
भोका जनता नेताका आशा लाग्दा आश्वासनमा विश्वासमा परे । समानता र न्यायका लागि, देशमा आमुल परिवर्तन ल्याउनका लागि, भोको पेटमा माँड हाल्नका लागि, देशका युवाशक्तिले सकिनसकी काँधमा बन्दूक धरे । परिवर्तनको आन्दोलनले सिंगो मूलुक थुरुरु भएको थियो । भ्रष्टचारी, अपराधी र कालोबजारीहरुको सातो गएको थियो । गाउँका मै हूँ भन्ने डनहरु पनि दुला पस्थे, जनता बिरोधी कृयाकलाप गर्नु भन्दा बरु भोकै बस्थे ।
जनताले परिवर्तन पछिको फल खान पाईएला भन्ने आशा गर्थे, त्यहि भएर उनीहरु प्रचण्डका भर पर्थे । गाउँ शहर जताततै समानताका कुरा हुन्थे, आफुलाई नेता भनाउँदा दलका ठूटे नेताहरु भने गाउँमा बस्न नसकेर सदरमुकाम र राजधानी छिरेर आफ्नाे ज्यान जोगाएर बस्थे ।त्यतिबेलासम्म पनि नागरिकहरुमा प्रचण्ड प्रति राजनैतिक आशा बाँकी नै रहेको थियो । परिवर्तन पछिको उज्यालो दिनको आशामा नागरिकले कैंयौं काला रातहरु प्रचण्डले नागरिकसँग र नागरिकले प्रचण्डसँगै बिताएका थिए ।
प्रचण्ड कसैले चाहे पनि, कसैले नचाहे पनि नेपाली राजनीतिको इतिहासमा एक कालजयी खम्बा हुन । मुलुकमा समय समयान्तरमा वाद, सिद्धान्त र व्यवस्थाहरु परिवर्तन भईरहन्छन् । यिनै समयको कालखण्डमा कोही राष्ट्रपति, कोही प्रधानमन्त्री, कोही मन्त्री, भएर मुलुकमा शासनसत्ता सञ्चालन गर्छन् । यिनीहरु जोसुकै, जुनसुकै पदमा पदार्पण भए पनि, २-४ बर्ष मुलुकमा शासन गरेपनि कुनै तात्विक फरक पारेर ईतिहास लेखिदैन, पढिदैन ।
तर पुष्पकमल दाहाल प्रचण्ड त्यस्ता ब्यक्ति हुन जसको नाम नेपाल रहेसम्म, नेपालमा नेपाली भएसम्म, देशमा जुनसुकै शासनसत्ता परिवर्तन भए पनि गणतन्त्रका पिता भनेर नै पढिन्छ । नेपालमा हिजो गणतन्त्र थिएन । आज छ, भोली नरहन पनि सक्छ । यो नेपाली जनताको भावना, चाहना, आवश्यकता र ईच्छामा भर पर्ने कुरा हो ।
तर मुलुकमा गणतन्त्र मासिए पनि गणतन्त्रका सुत्रधार प्रचण्डको नाम मासिने छैन । प्रचण्ड कसैले कार्यकारी पद नदिदैमा नासिने सानो आगोको झिल्को हैन । केही दिग्भ्रमित अर्ध मानसिकताका तथाकथित पहरेदारहरुको चौघेरामा बसेर ७० बर्ष पार गरेपछि जुँगा काला हुँदै आए भन्ने आफ्नै दिमाग उपचार गराउनु पर्ने अवस्थाका दीर्घ रोगीहरुको हूँकारले प्रचण्डको लेखिएको ईतिहास मेटिदैन ।
प्रचण्डलाई परिवारबाद भन्नेहरुको आँखा कोईरालावाद र ओलीवादमा भने नपरेको हो या परेर पनि बोल्न नसकेको हो ? अचम्म लाग्छ । प्रचण्ड यदि देशले माग्यो भने, जनताको भावनामा ठेस लाग्ने अवस्था आयो भने आफ्नाे परिवारका सदस्यलाई समेत लाभको पदबाट बाहिर ल्याउन सक्ने हिम्मतिला राजनेता हुन ।
प्रचण्डलाई परिवारवाद भन्नेहरुको आँखा कोईरालावाद र ओलीवादमा भने नपरेको हो या परेर पनि बोल्न नसकेको हो ? अचम्म लाग्छ । प्रचण्ड यदि देशले माग्यो भने, जनताको भावनामा ठेस लाग्ने अवस्था आयो भने आफ्नाे परिवारका सदस्यलाई समेत लाभको पदबाट बाहिर ल्याउन सक्ने हिम्मतिला राजनेता हुन । बिना कुनै राजनीतिक लगानी सालो एण्ड भतिजो कम्पनीलाई मेयर र जीएम बनाउनकै लागि मरिहत्ते गर्ने नामर्द महापुरुष भने हैनन् ।
बयलगाडा चढने औकात नभएकाहरुलाई बालुवाटारको ढोका खोलिदिने तिनै दानविर प्रचण्डप्रति वर्तमानको बालुवाटारको अस्थायी बासिन्दाको एकोहोरो झम्ट्याईले प्रचण्ड कत्ति पनि बिचलित हुनुपर्ने आवश्यकता म चाहिँ देख्दिन । यस्ता चार पैसामा आफ्नाे हैसियत बिर्सनेहरुका पक्षमा म कहिल्यै पनि आफ्ना हातहरुले समर्थनमा समाचार लेख्दिन । प्रचण्ड बाघ हो, स्यालका हुँईयाहरुको जमातबाट तर्सिदैन ।
बाँदरको बथानले बाटो छेक्दैमा आफ्नाे लक्ष प्राप्तिको बाटो मोडदैन् । आफ्नाे निष्ठा र ईमान्दारितामा कुनै पनि टाँगो र तगारोले छेक्न खोज्दैमा छेकिदैन । हिउँद, बर्खा, शित, तुषारो, जाडो, गर्मी, उकालो, ओरालो जस्तोसुकै परिस्थितिमा पनि अनवरत अघि बढीरहन्छ ,आफ्नाे लक्ष प्रप्तिका लागि ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार