पुल्चोक–गोन्द्राङ सडकखण्डको स्तरोन्नति गर्ने काम शुरु
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २०:३६:२०
२५ कार्तिक, चितवन । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ । सडक स्तरोन्नतिका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम शुरु गरेको छ । योसंगै सडकको छेउमा रहेका रुख, पोललगायत भौतिक संरचना हटाउने काम अघि बढाइँदै छ ।निर्माण कम्पनी सगुन जेभीले सो सडक स्तरोन्नतीका लागि कार्यालयसँग २८ महिनामा काम सम्पन्न गर्ने गरि गत असोज २६ गते सम्झौता गरेको थियो । सूचना अधिकारी इञ्जिनीयर खनालका अनुसार रु एक अर्ब १२ करोडको लागतमा छ किलोमिटर उक्त सडकखण्डको स्तरोन्नती गर्न लागिएको छ ।
हाल शहरको मुख्य क्षेत्रमा चार लेन र अन्य भागमा दुई लेन रहेको उक्त सडकखण्डलाई छ लेनमा स्तरोन्नती गर्न लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याइएको छ भने चार लेन लामो दूरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याइएको सूचना अधिकारी खनालको भनाइ छ ।
उनका अनुसार सवारी साधनलाई यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । सडकको दायाँबायाँ र बीचमा आकर्षक सडक बत्ती हुनेछ । उनले भने, “सरासर काम भएमा विसं २०७९ माघ १० गते भित्र सुन्दर सडक वन्नेछ ।”यो सडकले आवागमनलाई सहज बनाउनुका साथै महानगरको सौन्दर्यलाई समेत बढाउने महानगरका प्रमुख रेनु दाहालको भनाइ छ । उनले यो सडकको स्तरोन्नतीसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुनेछ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार