महासचिव पौडेललाई सचिवालय बैठक बोलाउने जिम्मा
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २२:८:१२
२५ कार्तिक, काठमाडौं । नेकपाभित्र बढ्दै गएको विवाद मिलाउन प्रधानमन्त्री केपी ओली बैठक बोलाउन तयार भएका छन् । विवादले उच्चरुप लिएपछि ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिएका छन् ।
बैठक बोलाउने जिम्मा पाए लगत्तै महासचिव पौडेल सोमबार नै खुमलटार पुगेका थिए । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन । पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य ‘प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ’ ले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।
यता, प्रचण्डसहितका पाँच नेता भने सचिवालय बैठक नबोलाइएको भन्दै अहिले केहीबेरमा धुम्बाराहीमा बैठक बस्ने तयारी गरिरहेका छन् । यसैबीच प्रधानमन्त्री ओली र र ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। भेटमा पार्टीमा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल भैइरहेको छ । बालुवाटारको बैठक सक्ने बित्तिकै प्रचण्ड धुम्बाराहीमा जानेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार