नेप्सेमा नाफा बुक गर्नेलाई सुनाैलाे माैका, नयाँ लगानीकर्ता झन् मालामाल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार ०:९:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/index-1_chnymiUbUD.jpg)
२५ कार्तिक, काठमाडौं । बिगत लामाे समयदेखि शेयर किनेर बसेका लगानीकर्ताका लागि अहिले नाफा बुक गर्ने अवसर प्राप्त भएकाे छ । शेयरबजारमा दिनदिनै उछाल आउँदा धेरै पहिलेदेखि शेयरमा लगानी गरेका तर घाटा देखेका कारण नबेची बसेका लगानीकर्ताले राम्राे मुनाफा हासिल गर्ने समय आएकाे छ ।
त्यस्तै बजारमा काराेबार गर्न चाहने नयाँ लगानीकर्ताले पनि शेयरमुल्य र लाभांश दरलाई हेरेर शेयर खरिद गर्दा राम्रै प्रतिफल हात लाउन सकिने बेला पनि यही नै हाे । अधिकांश कम्पनीले गत आर्थिक वर्षाकाे मुनाफाबाट नगद लाभांश र बाेनस घाेषाणा गर्ने तथा साे बाेनस वितरण गर्ने समय पनि नजिकिँदै छ ।
साेही कारण नेप्सेमा नाफा बुक गर्नेलाई सुनाैलाे माैका आएकाे छ भने नयाँ लगानीकर्ताले अहिलेनै लगानी गरेर केही समय भित्र बेच्न सक्ने हाे भने छाेटाे समयमा नै राम्राे नाफा आर्जन गर्न सक्छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो । आज बजार खुलेसँगै केही उकालो लागेर थोरै घटेपनि नेप्से २५.९८ बिन्दुले बढेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।
यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज पनि नेपाल पुनर्बिमा कम्पनी चम्किएको छ । सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयन डिस्टिलरी रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकास बैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोारेशन र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सानिमा जनरल इन्स्योरेन्स ९.९१, ओरियन्टल होटल ६.७९, हिमालयन जनरल इन्स्योरेन्स ६.२९ र तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ५.५१ प्रतिशतले कमाए । यसैगरी, विशाल बजार कम्पनी ४.६१, अरुण भ्याली हाइड्रोपावर २.६९, विजय लघुवित्त २.६४, आँखु खोला जलविद्युत् कम्पनी २.३३, सांग्रिला डेभलपमेन्ट बैंक २.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार