कार्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रचण्डकाे प्रस्ताव
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार २३:५८:२६
२५ कार्तिक, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालय बैठक सकिएको छ। आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले कार्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरेका छन् ।
तर यसमा ओलीले सहमति जनाएका छैनन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेका छन्
प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए। आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग पनि बालुवाटार गएर भेटेका थिए।
बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।प्रचण्ड र ओलीले पार्टीमा देखिएको विवाद अन्त्यका लागि पटकपटक प्रयास गरे पनि आन्तरिक विवाद साम्य बनेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार