कर्णालीमा नब्बे हजारको काेराेना परीक्षण, पाँच हजार भन्दा धेरै संक्रमणमुक्त
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार ०:३६:२९
२५ कार्तिक, कर्णाली । कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरडीटी पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका व्यक्तिहरुमध्ये आज ४७ जना संक्रमित थपिएसँगै ६ हजार २६८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०१ जना निको भएर घर फर्केका छन् । आरटी पीसीआर परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोरोना संक्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।
“पीसीआर परीक्षण सबैभन्दा बढी कर्णाली प्रदेश अस्पताल सुर्खेत ४६ हजार ३१६ गरेको छ,” उनले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २७ हजार ३१८ र बाँकी दैलेख, रुकुमपश्चिम चौरजहारी अस्पताल, राप्ती, भेरी, नेपालगञ्ज मेडिकल, अछाम र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो ।” कुल परीक्षणमध्ये ८२ हजार ४३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, “भदौअघि संक्रमण मात्र देखिने बिरामीमा पछिल्लो समयमा लक्षणसहित संक्रमण देखिन थालेको छ । साउनसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएकामा त्यसयता १० व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।” उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ४७ व्यक्तिमध्ये २४ जना सुर्खेत, जाजरकोट, दैलेख र जुम्ला, दुई÷दुई, रुकुमपश्चिम एक र अन्य प्रदेशका १६ छन् । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लागत आधारमा हालसम्म कोरोना सङ्क्रमित व्यक्तिहरुमा सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुमपश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार