ज्यानमारा भाइरसले लियाे अनमीसहित दुईको ज्यान
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार १:२७:३९
२५ कार्तिक, बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका—१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए ।
कार्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा आज ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका—१२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उनको कार्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए । रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार