मन बहलाउन उक्ले ओली संखुवासभातिर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २६, २०७७ बुधबार १९:९:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-oli-sankhuwasava-jadai_p2aEBUcvdr.jpg)
२३ कार्तिक, काठमाडौं । पार्टीभित्र गञ्जागोल अवस्था सिर्जना भएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष केपी शर्मा ओली आज सखारै पूर्वी पहाडी जिल्ला संखुवासभातिर लागे । उनलाई सधैंको कचकचबाट थोरै शान्ति चाहिएको थियो । संखुवासभामा खासै महत्वपूर्ण काम त केही छैन, तर मन बहालाउनकै लागि उनी उकालो चढेका छन् ।
पार्टी भित्र अपूर्व समस्या आइपरेको छ । धरै नेता कार्यकर्ता यसका लागि ओली नै मुख्य दोषी रहेको ठान्छन् । तर ओली निकटहरु भने सबै मित्थ्या हो भन्ने बुझाईमा छन् । त्यसैले वरिपरि घेर्नेहरुले ओलीलाई राजशी ढाँटका साथ राज गर्न उक्साउने गर्छन् । तपाईंका नाममा आहिलेको दुुईतिहाई मत प्राप्त भएको हो भन्दै ओलीको भजनमण्डलीले कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीले अरु नाथे भुसुनाको कुरा सुन्नु हुँदैन भन्छन् । ओली पनि आफ्ना शुभचिन्तकले भनेको नै लाहाछाप हो भन्ने ठान्छन् ।
समस्या यहींबाट सुरु भएको हो – नेकपाकै एक नेता भन्छन् । लुगाको शौकिन एक राजा कुनै दिन नांगै घुमेको अवस्था छ अहिले भन्दै उनले कुनै बच्चाले नभनेसम्म राजाको नांगोपन महसुस गराउन मुश्किल भएको उनी ठान्छन् । पछिल्लो अवस्थामा ओलीले थोरै समस्यामा परेको अनुभूति गरेको निकटवर्तीहरु नै भन्न थालेका छन् । खासगरी लोकतान्त्रिक शासन पद्धतिमा पार्टी निकायको बैठक नै राख्दिन भन्ने ओली अभिव्यक्तिको सर्वत्र आलोचना भएको उनले नै पनि अनुभूति गर्न थालेको जस्तो छ । तर ओली लरतरो लत्रने स्वभावका चाहिं होइनन्, मौकाको ताकमा रहेका हुनसक्छन् ।
यतिबेला चाहिं आफूमाथि ठूलै संकट आएको उनले बुझेको जस्तो देखिन्छ–बालुवाटार निकट स्रोतको भनाई छ । तर अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहुमत सचिवालय सदस्यले भनेकै भरमा चाहिं उनले कुनै निर्णय गर्नेवाला छैनन् । बहुमत सचिवालय सदस्यले लिखित रुपमै बैठक मागेकाले अब धेरै लामो समय बैठक टार्न सक्ने अवस्था ओलीको देखिंदैन । तर प्रचण्डले दिएको म्याद भित्रै बैठक डाकेर आफू झुकेको सन्देश दिनपनि उनी चाहँदैनन् । अध्यक्ष प्रचण्डले हिजो मात्रै ओलीलाई भेटेर भोलि बिहीबारसम्म सचिवालय बैठक डाक्न आग्रह गरेका छन् ।
सबैतिरबाट घेराबन्दीमा परेपनि राजकीय सत्ता रहुञ्जेल ओली डग्नेवाला छैनन् । किनभने उनका लागि राष्ट्रपति सबैभन्दा अनुकुल व्यक्ति छन् । त्यसैले उनले आँटेका सबै काम फत्ते हुने अवस्था छ । बाँकी असन्तुष्ट नेताहरुलाई पनि यसको राम्रो हेक्का छ । ओलीलाई सनक चढ्यो भने हुँदाखाँदाको दुईतिहाई खरानी हुनसक्ने ठम्याई उनीहरुको छ । त्यसैले सकेसम्म ओलीलाई नचिढ्याईकनै सत्ता हत्याउने दाउमा नेताहरु देखिन्छन् । तर ओली भने कागको फुल चोर्ने जस्तो बाठाे भएकाले उनीहरुले चाहे बमोजिमको स्थिति देखिंदैन ।
अब ओलीको पुच्छर भएर नेकपामा लामो समय टिक्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । खुमलटार निकट स्रोत भन्छ– अब चाहिं प्रचण्डसमेत वार की पारको लडाईंमा होमिएका छन् । ओलीसँग एक्लै दुक्लै कुनै सहमति वा समझदारी नगर्ने पक्षमा प्रचण्ड अडिग देखिन्छन् । त्यसैले प्रचण्डले निकट नेताहरुसँग यसबारे गम्भिर छलफल चलाएका छन् । परिस्थिति जस्तो बन्छ अब त्यही अनुसार चल्न तयार रहेको जानकारी उनले निकट नेताहरुलाई गराइसकेका छन् । माधवजी (नेता माधवकुमार नेपाल) हरु ओलीको ज्यादती सहेर यतिलामो समय कसरी टिकेछन् हो भन्दै उनले निकट नेताहरुलाई यस्तो ज्याद्रो मासिनसँग सहकार्य गर्न त मैलेपनि नसक्ने भएँ …
आफू पूर्णतः सुरक्षित नभएसम्म ओली बैठक राख्नै चाहँदैनन् । यथास्थितिमा सचिवालय बैठक राख्ने हो भने तत्कालै स्थायी कमिटी आह्वान हुने र त्यसले ओलीलाई संसदीय दलमा बहुमत सिद्ध गर्न चुनौती दिने तयारी भएको छ । यसबारे ओली जानकार छन् । त्यसैले उनी सहमतिको वातावरण तयार नभएसम्म कुनैपनि बैठक राख्ने पक्षमा छैनन् ।
यो अवस्थामा के गर्ने भन्ने द्विविधा उनमा रहेको छ । त्यसैले शान्त भएर आज दिनभरि सोच्ने उनको मनसाय देखिएको बालुवाटार निकट स्रोत भन्छ । संभवतः शुक्रबार वा शनिबारका लागि ओलीले सचिवालय बैठक डाक्ने अनुमान बालुवाटार स्रोतको रहेको छ । तर सचिवालयले स्थायी कमिटी बैठक बोलाउने निर्णय ग¥यो भने आफूलाई अमान्य हुने र त्यहींबाट पार्टी विभाजनको खाका तयार हुने चुनौती उनले दिने भएका छन् ।
ओलीसँग सहजै सत्ता हत्याउन नसकिने निश्कर्षमा अब भने प्रचण्डसमेत पुगिसकेका छन् । त्यसैले उनीपनि अब ओलीको पुच्छर भएर नेकपामा लामो समय टिक्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । खुमलटार निकट स्रोत भन्छ– अब चाहिं प्रचण्डसमेत वार की पारको लडाईंमा होमिएका छन् । ओलीसँग एक्लै दुक्लै कुनै सहमति वा समझदारी नगर्ने पक्षमा प्रचण्ड अडिग देखिन्छन् ।
त्यसैले प्रचण्डले निकट नेताहरुसँग यसबारे गम्भिर छलफल चलाएका छन् । परिस्थिति जस्तो बन्छ अब त्यही अनुसार चल्न तयार रहेको जानकारी उनले निकट नेताहरुलाई गराइसकेका छन् । माधवजी (नेता माधवकुमार नेपाल) हरु ओलीको ज्यादती सहेर यतिलामो समय कसरी टिकेछन् हो भन्दै उनले निकट नेताहरुलाई यस्तो ज्याद्रो मासिनसँग सहकार्य गर्न त मैलेपनि नसक्ने भएँ भनेको स्रोतले बतायो ।
उता, नेपाल पक्ष पनि ओलीको निरंकुशताविरुद्ध प्रचण्डसँग मिलेरै प्रतिकार गर्ने पक्षमा अडिग देखिन्छ । तर जनताको बहुदलीय जनवादको सैद्धान्तिक बहस थालेर ओली पक्षले इमोसनल व्लाकमेलिङ गर्न लागेको नेपाल पक्षको बुझाई छ । यसलाई चिर्न सकियो भने ओलीलाई यसपटक चाहिं गलाउन सकिने उनीहरुको ठम्याई छ । ओलीले अब कस्तो कदम चाल्छन् , त्यही अनुसार आफूले पनि तयारी गर्ने नेपाल पक्षको तयारी छ । त्यसैले अहिले नेकपाका तीनवटै पक्ष पर्ख र हेरको अवस्थामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार